मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

देउखुरी, मंसिर १ । देउखुरी क्षेत्रमा लामो  समयदेखि शिक्षण पेशामा संलग्न शिक्षकहरुलाई अभिनन्दन गरि एको  छ ।
एउटै  मञ्चमा एक सय ६० जना शिक्षकलाई अभिनन्दन गरिएको समाचार युगबोध दैनिकले प्रकाशित गरेको छ । एउटै  मञ्चमा यति धेरै  शिक्षकहरुलाई अभिनन्दन गरिएको  यो  पहिलो  कार्यक्रम भएको  जानकार हरुले  बताएका छन् ।
दे उखुरी शिक्षा समितिले  २०४८ सालमा स्थायी भई हालसम्म सेवारत, २०५८ सालमा नियुक्ति लिई हालसम्म अस्थायीरुपमा कार्यर त, दे उखुरी क्षेत्रमा अध्यापन गराएका सेवानिवृत्त र  सेवा गर्दागर्दै  मृत्यु भएका शिक्षकका परिवार  गरी एक सय ६० जनालाई अभिनन्दन गरिएको  हो ।
देउखुरी परीक्षा समितिका अध्यक्ष शशीधर  ज्ञवालीको  अध्यक्षता एवं दाङका जिल्ला शिक्षा अधिकारी र मेशप्रसाद मैनालीको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा प्रमुख अतिथि मैनाली, परीक्षा समितिका अध्यक्ष, कार्यक्रम संयोजक लगायतले  माला, टीका, खादा र  अभिनन्दनपत्र प्रदान गरी अभिनन्दन गर्नुभएको  हो । शिक्षकहरुलाई आफ्नो  पेशाप्रति विश्वास बढाउन र  काम गर्ने  उत्प्रेरणा प्रदान गर्न अभिनन्दन गरिएको  अभिनन्दन समितिका संयोजक सीता रिजालले  जानकारी दिनुभयो ।

कार्यक्रममा वोल्दै  प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी र मेशप्रसाद मैनालीले  अभिनन्दनले  शिक्षकहरुलाई उत्साहित बनाउने  बताउनुभयो । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post