मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

प्यूठान, मंसिर २ । जाडो मौसम विहान करिव १०ः १५ बजे ८ महिनाको छोरासँग हाँस्दै र हँसाउँदै  खेलिरहेको थिए । छोरो सुतेपछि प्यूठान ५ नम्बर प्रदेशबाट ६ नम्बरमा गाभिने भन्ने खवरकोे चौतर्फी विरोध भएको समाचार लेख्ने योजना थियो । कोठाबाहिर  आगनीमा गलैचामा आमाछोरा मात्र थियौं । ल्यापटप नजिकै थियो । एक जना अधबैसे युवा हातमा कापीको पाना छोपेर दीपा पौडेल को हुनुहुन्छ ? भन्दै आइपुगे ।

आफ्नै अगाडि आफैलाई खोज्दा आश्चर्य मान्दै मै हुँ किन खोज्नु भो, केहि काम थियो कि ? भनि सोधे । हामीलाई सहयोग चाहियो तपाईबाट मिल्छ भन्ने सुनेर आए एकै स्वरमा ति युवाले जवाफ फर्काए । आफ्नै टोलमा बस्ने ६३ बर्षिय एकल महिला खिमा घर्ती मगरको आर्थिक अभावका कारण भांच्चिएको हातको उपचार हुन नसकेपछि उनको उपचारको लागि सहयोग माग्न आएको उनले बताए ।

आफु मातृभूमि टोलविकास संस्था दाखाक्वाडीका अध्यक्ष तारा बहादुर के.सी भएको  उनले बताए।पहिले घर नजिकै  रहेको मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुराष्ट) नेपालको हेल्प डेक्सको सम्पर्कमा गई पिडित खिमाको उपचारको लावग सहयोग मागेको र त्यहाँका कर्मचारीहरुले स्वास्थ्य खवरकर्मी दीपा पौडेल हुनुहुन्छ उहाँहरुले धेरैको उपचार गरेको समाचार पढेका थियौं जानु त केहि सहयोग हुन्छ कि ? भने पछि आफु म कहाँ आएको उनले स– विस्तार सुनाए ।

उनको कुरा सुन्दा खिमा दर्दनाक पिडामा बाँच्न बाध्यछिन् भन्ने कुरा प्रष्ट रुपमा बुझ्न सकिन्थ्यो । उनको कुरा सुनेपछि मैले नजिकै रहेको ल्याटपमा उनले भने बमोजिमका विवरणहरु टिपोट गरें । अनि उनलाई मैले भने तपाईले सबै कुरा थाहा पाउनु भएको रहेनछ, मैले मात्र होइन बिरामीहरुलाई सहयोग गरेको । यो अभियानमा मुख्य रुपमा जिल्ला अस्पतालमा कार्यरत डाक्टर समीर लामा र स्वास्थ्य खबर पत्रिकाका सम्पादक अनिल न्यौपाने सहित हामीहरुको सयुक्त प्रयास रहेको उनलाई बताएँ। अझ त्यसमा पनि सबै भन्दा ठूलो सहयोग त  देशविदेशमा रहनुहुने नेपाली दाजुभाई दिदीबहिनीहरुले गरेको आर्थिक सहयोगले नै उपचार गरेको हो ।

अहिले पनि फोप्ली कि १० बर्षिय शोभी पुनको  चितवनमा उपचार भइरहेको छ उनलाई सुनाए ।  उनलाई जानकारी दिदै गर्दा उनले उहाँको पनि उपचारमा सहयोग गर्न  पुन आग्रह गरे। हुन्छ हामीले यसलाई बाहिर ल्याउने हो तपाईहरु पनि सहयोग जुटाउन लाग्नुस् हामी पनि सल्लाह गछौं ,म भोली उहाँलाई भेट्न आउँछु र बिरामीलाई भेटेपछि तपाईसँग थप कुरा गरौँला भनि कुराकानीलाई बिट मारे ।

उनको कुराले निकै भावुक बनायो। यो शुक्रवारको कुरा हो। म बिरामी कहाँ पुग्ने बिषयमा कसरी जाने होला भन्दै सोचिरहेको बेला सदरमुकाम खलंगामा भएको कार्यक्रम सकेर श्रीमान ( नोमराज पौडेल) आएपछि सबै कुरा उहाँलाई सुनाए र भोलीपल्ट शनिवारको दिन विरामी कहाँ पुगे  ।त्यहाँ पुग्दा छिमेकी  के.सीले सुनाए भन्दा झन दर्दनाक र पीडादायी अवस्था त्यहाँ देखियो ।

असोज महिनामा भाच्चिएको खिमाको हात प्लास्टर गरेपनि निको भएन्। विशेषज्ञको सल्लाहविनै केहि भन्न नसकिने यो समस्याको न उपचार भएको छ न नत उनको दुखाई नै कम भएको छ । दोश्रो विवाह पश्चात श्रीमान वितेपछि सहाराविहिन वनेकी खिमा अहिले माईतमै वसोवास गर्छिन । भएको २ रोपनी जग्गा पनि मोटरवाटोले मिचेको छ । पहिलेको श्रीमानतर्फको छोरा भएपनि उनले वास्ता गर्दैनन् । त्यसैले उनी अहिले माईतीमा  नै उपचारविहिन भएर वसेकी छन् ।

“जिल्ला अस्पतालमा लगेर उपचार गर्यौ तर निको भएन। डाक्टरले वाहिर लगेर उपचार गर्न भनेका छन् तर पैसा छैन कसरी लग्ने ?”– खिमाका भाई लाल वहादुर रावतले भने “मजदुरी गरेर घरखर्च चलाउनै घौ–धौ पर्छ ।” बिहान साँझको गास टार्न त मुस्किल छ ,उपचार केले गर्ने ?

“कहिले काँही त दिक्क लाग्छ। दुखेको पिडा र घरको कचकचले छट्ट उठेर जाँउजस्तो हुन्छ” ६३ वर्षिय वृद्धा खिमाले घाटीमा झुण्डिएको हात देखाउँदै भनिन् “मर्नेवेला भाच्चिएको हात लगेर कहाँ जाँउ ? हड्डी फुटेकाले हाडजोर्नी विशेषज्ञको सल्लाहविना केहि भन्न नसकिने जिल्ला अस्पतालमा कार्यरत डाक्टर समिर लामाले वताउनुहुन्छ। अहिलेसम्म स्वास्थ्य खवरकर्मी दीपा पौडेल र समिर लामाको प्रयासमा ६ जना विपन्न तथा गरिव परिवारको उपचार भएको छ। भने फौप्ली कि पहिरो पिडित शोवि पुनको भरतपुर मेडिकल कलेज चितवनमा उपचार चलिरहेको छ ।

   विशेषज्ञले सुझाव वमोजिम उनलाई पनि उपचारमा सहयोग गर्ने प्रयास गरीनेछ । आर्थिक अभावका कारण उपचार नहुँदा उनी हातको दुखाईलाई सहन बाध्य छिन ।यी वृद्धा एकल महिलाले गहभरी आँसु लिदै भनिन– नानी म बुढीलाई दया गर्नुस ,मेरो उपचारमा सहयोग गर्नुस ,यो हात सन्चो भए त जसरी तसरी भोकै पेट भएपनि सजिलैसंग बसुला ।उनले आफु जस्तो असक्तलाई उदार दिलले सहयोग गर्न आग्रह गरेकी छिन । उनको उपचारका लागी सबैले आफुले सक्दो सहयोग गर्न आफन्तहरुले अनुरोध गरेका छन ।
                                                                                                     दीपा पौडेल/स्वास्थ्य खबर

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post