दीप्तीशिखा चौधरी
दाङ, कार्तिक २९ । ‘बदम लैजानुस् बदम !, २० देखि ५० रुपैयाँ मानो कति राखिदिऊँ तपाईलाई ?’, तुलसीपुर नगरपालिका ५ की बेली नेपालीको दैनिकी यसरी नै बितिरहेको छ । बिहान ११ वजेदेखि साँझ ५ वजेसम्म तुलसीपुरको विपी चोकमा हरेक दिन बेली यसरी नै बदम बेच्दै गरेकी देखिनुहुन्छ ।
बदम बिक्रीबाट आएको रकमले बेलीको साँझ बिहानको दुई छाक टरिरहेको छ । आराम गरेर घरमा बस्ने उमेरकी बेली बदमकै सहायताले आफ्नो दैनिकी चलेको बताउनुहुन्छ । ‘के गर्नु खानै प¥यो । बमद बेचरै भए पनि दुई छाक जुटाएकी छु’, थर्थरर काँपेको स्वरमा बेलीले भन्नुभयो, ‘सडकको चोकमा बोरामा बदम राखेर बजारमा ओहोर दोहोर गर्ने मान्छेलाई हेर्दै बदम बेच्ने गर्छु । बसेर खाने उमेर भए पनि के गर्नु । नुन तेल चिया पानी खानै प¥यो । खानलाई पैसा चाहिन्छ । अझै आफ्ना हात खुट्टा छँदैछन् । लुलो लंगडो भइया छैन । अर्काको आश किन मान्ने ।’
‘दिनभरि सुतेर बस्नु भन्दा दुई चार पैसा आउँछ । दुई चार पैसा आफ्नो हातमा भएपछि जे मा लायो त्यहि खान पाइन्छ’, खित्का हाँसो छोड्दै नेपालीले भन्नुभयो, ‘हेर्नुस् मलाई त अझै बुढि भया छु जस्तो लाग्दैन । त्यहि भएर दुई चार पैसा कमाउन बाटोमा बस्छु ।’ नातिनातिनाहरुले बज्यै पैँसा देऊ भन्दा दुई चार पैसा दिन र घर खर्च चलाउन सजिलो भएको भन्दै बेलीले बदमले आफूलाई आत्मनिर्भर बनाएको बताउनुभयो ।
कार्तिक महिनादेखि फागुन महिनासम्म बदाम बिक्री गर्न सकिने भन्दै बेलीले पाँच महिनामा ३० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो । बेली मात्र होइन तुलसीपुर ५ कै ३६ वर्षिय कमला सुनार पनि बदम बेचेरै आफ्नो गुजारा गर्नुहुन्छ । सल्यानबाट २ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँ किलो खरिद गरेर यहाँ मानाबाट बेच्ने गरेको उहाँ बताउनु हुन्छ । दिनमा २ ३ हजारसम्म बचत हुने गरेको भन्दै उहाँले ५ महिनामा २० देखि २५ हजारसम्म बचत हुने बताउनुहुन्छ ।
श्रीमानसँग माग्नु भन्दा आफ्नो खर्च आफै उठाउने मनसायले नेपाली बाटोमा बदाम बेचेर बस्ने गरेको बताउनुहुन्छ । ‘बालबच्चाले आमा पैसा ले भन्दा पैसा हँुदैन । दुई पैसा आउने काम त गर्ने प¥यो’, उहाँ हाँस्दै भन्नुहुन्छ, ‘बजारमा नयाँ कपडा आउँछ । लाउन मन लाग्छ । चुरा टीका लाउनै प¥यो । महिला भएपछि कहिले काहि श्रृंगार गर्न मन लाग्छ । सबै अभाव बदमले पुरा गरिदिएको छ ।’
आफ्नो पेशामा लागे खर्च गर्ने पैसा हुन्छ भन्दै उहाँले भन्नुभयो, ‘घर बसेर पछाडि किन पर्ने ? किन श्रीमानसँग पैसा चाहियो भनेर लर्नु प¥यो । सानो तिनो व्यवसाय गरेर दुई चार पैसा कमाउनतिर लाग्न सबैलाई सल्लाह दिन्छु म त ।’ यी त उदाहरण मात्रै हुन् । पछिल्लो समय महिलाहरु आत्मनिर्भर हँुदै गएका छन् । लाज, डर, त्रासबाट पछाडि परेका महिलाहरु बिस्तारै यसरी दुई पैसाको आम्दानीको बाटो रोज्दै आएका छन् । महिलाहरु घरभित्र बस्नुपर्छ । घरभित्रको चुलो चौकोमा सीमित हुनुपर्छ भन्ने पितृ सत्तात्मक सोच र मान्यतालाई चिर्दै महिलाहरु घर बाहिर आउन थालेका छन् ।