मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

रोल्पा, कार्तिक २६ ।  घर्तीगाउँ–९ बल्लेमा जुगारदेखि ओत घोर्नेटी कच्ची सडक खन्ने क्रममा ढुङ्गाले लागेर  डोजर सहचालक राँक–९ रोल्पाका ३० वर्षीय सहचालक गणेश थापाको आज मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय घर्ती गाउँका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बिहान करिब ७ बजे बा१क ८०११ नंको जेसिभीका सहचालक थापाको यन्त्रमा ग्रीज भर्दै गर्दा सडकको माथिल्लो भागबाट पहिरासँगै ढुङ्गा खसेर टाउकामा लागी मृत्यु भएको हो ।

प्रहरीको एक टोली घटनास्थल पुगेको छ । बाँकेका चालक वासुदेव चौधरी भने सकुशल छन् । घरबाट उनका परिवार आएपछि शव परीक्षणका लागि जिल्ला अस्पताल रेउघा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post