मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, कार्तिक २६ । दाङका सामुदायिक वनमा वन समूहकै मिलेमतोमा रुख कटान भइरहेको खुलासा भएको छ । जिल्लाको देउखुरी क्षेत्रका वनमा उपभोक्तालाई आवश्यक परेको बहानामा रुख कटान भइरहेको खुलासा भएको हो ।

रुख कटानमा पक्राउ परेका अभियुक्तको वयानका आधारमा राजपुरको जयकाली सामुदायिक वन उपभोक्ता समूह, सिद्धबाबा सामुदायिक वन उपभोक्ता समूह, लालमटियाको घण्टेश्वर वन उपभोक्ता समूहकै मिलेमतोमा रुख कटान भएको जिल्ला वन कार्यालय दाङले जनाएको छ ।

सहायक वन अधिकृत गोकुल चौधरीले जयकाली वन समूहमा १ हजार ७ सय ४९ क्विफट, सिद्धबाबा वन समूहमा साढे ४ सय क्विफिट, घण्टेश्वरमा २ सय क्विफिट र त्रिशक्ति वन समूहमा ६० क्विफिट गरी २ हजार २ सय ६१ क्विफिट काठ कटान भएको जानकारी दिनुभयो ।   समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post