मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, कार्तिक २९ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद बैठक बहिष्कार गरेको छ । सोमबार संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भए लगत्तै मोर्चाका नेता एवम् सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बोले लगत्तै मोर्चामा आबद्ध दलका सांसदहरुले बैठक बहिष्कार गरेका हुन्।

विशेष समय लिएर बोल्दै सांसद कर्णले सरकार गठनका बेला मधेसी मोर्चासँग भएका तीन बुँदे सहमति कार्यान्वयन नभएसम्म बैठक बहिष्कार गर्ने बताए। कर्णले मधेसी, जनजाती, आदिवासी लगायतको माग अनुसार संविधान संशोधन गरेर भएपनि संविधान सर्वस्वीकार्य बनाउने प्रतिबद्धता सरकारले जनाएपनि अझै कार्यान्वयनमा ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरे।

उनले संविधान संशोधन प्रस्ताव तत्काल ल्याउन पनि सरकारसँग माग गरे। यसअघि शुक्रबार बसेको संसद बैठक पनि मधेसी मोर्चाले बहिष्कार गरेको थियो । संसद बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावमाथि छलफल भइरहेको छ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post