मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, कार्तिक ३० । तत्कालीन राजा ज्ञानेन्दले गठन गरेको शाही आयोगमा प्रहरीको एउटा टिम थियो । जसको नेतृत्व तत्कालीन एसपी राजेन्द्र सिंह भण्डारीले गरेका थिए ।

आजको दृष्टि साप्ताहिकमा खबर छ – पूर्वराजाविरुद्ध आवाज उठाउने नेताहरुलाई उत्त आयोगले भ्रष्टचारको आरोपमा छानीछानी पक्राउ गर्दथ्यो । त्यसरी पक्राउ पर्ने मध्ये एक कांग्रेस सभापति शेर बहादुर देउवा पनि थिए । देउवालाई पक्राउ गर्न उनै भण्डारी गएका थिए र जो हाल नेपाल प्रहरीका एआइजी छन् ।

त्यसरी देउवालाई पक्राउ गर्ने तिनै भण्डारी अहिले देउवालाई फसाएर आइजीपी हुने खेलमा लागेका छन् । कान्तिपुर पब्लिकेशनका मालिक तथा आफ्ना साढुलाई कैलाश सिरोहियाको घरमा कांग्रेस सभापति देउवालाई बोलाएर उनले आइजीपी हटाउने खेलको आधार बनाएका थिए । देउवाले पनि ग्रिन सिग्नल दिएपछि उनी माओवादी नेता र अन्य शक्तिकेन्द्र धाएको पोल बिस्तारै खुल्न थालेको छ ।

तर, कांग्रसकै अन्य नेताहरुले देउवालाई यस्तो परिष्थितिमा आइजीपी फेर्नु गलत भएको भन्दै दबाब दिएपछि उनी पछि हटेको प्रहरीमा चर्चा छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post