दाङ, कार्तिक ३० । पूर्व उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार आज दाङ आउदै हुनुहुन्छ । भोलिदेखि हुने कार्यकर्ता प्रशिक्षणका लागि उहाँ दाङ आउन लागेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक दाङका सचिव कुलबहादुर घर्तीले जानकारी दिनुभयो ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय अध्यक्ष समेत रहनुभएका गच्छदार कार्यकतालाई सम्बोधन गर्न दाङ आउन थालेको सचिव घर्तीले बताउनुभयो । लमहीस्थित रातोडाँडा रहेको पार्टी कार्यालयमा हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपस्थित हुन घर्तीले सबैमा आग्रह गर्नुभएको छ ।