शरद रेग्मी,
दाङ, कार्तिक ३० । दाङको तुलसीपुरमा सञ्चालन भइरहेको क्लिन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियानमा अवरोध तथा अटेरी गर्ने व्यवसायी तथा घरधनीहरुलाई कारबाहीको प्रक्रिया सुरु गरिएको छ । मंगलवार १३ आंै हप्ताको सरसफाई चलिरहँदा तुलसीपुर नगरपालिकाले आफ्नो घर पसल अगाडि फोहोर गर्ने तीन जना व्यवसायी तथा घर धनीलाई जरिवाना गरेको तुलसीपुर नगरपालिकाका वरिष्ठ अधिकृत ललितबहादुर घर्तीले जानकारी दिनु भयो ।
सरसफाई सुरु भएको १३ आंै हप्तामा आईपुग्दा सम्म पनि अटेरी गर्ने व्यवसायीहरुलाई जरिवाना स्वरुप पहिलो पटक पाँच सयका दरले कारवाही गरिएको भन्दै उहाँले अब यो प्रक्रिया निरन्तर चल्ने भन्नु भयो । ‘हामीले पटक–पटक सार्वजनिक सूचना प्रकाशन प्रशारण गर्दा समेत फोहोर गर्ने र पटक–पटक अनुरोध गर्दा समेत व्यवास्ता गर्ने व्यवसायीलाई कारबाही गरेका हौ’, अधिकृत घर्तीले बताउनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालिकाको मुख्य आयोजना सुरु भएको क्लिन तुलसीपुर ग्रीन तुलसीपुर अभियानअन्तर्गत तुलसीपुरको (घ) लाइनमा दोस्रो पटक घरदैलो एवं सरसफाई अभियान सञ्चालन गरिएको अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिनुभयो । दर्जनांै सामाजिक संघ संस्था, विभिन्न टोल विकास समिति र सुरक्षा निकायको सहकार्यमा सञ्चालन भइरहेको सरसफाई अभियानले तुलसीपुरको फोहोर व्यवस्थापन र सुन्दरतामा उल्लेखनिय सुधार हँुदै गएको अध्यक्ष रिजालले जानकारी दिनुभयो ।
सरसफाई अभियानमा विभिन्न संघसंस्थाहरु, राजनीतिक दल, सुरक्षा निकाय, टोल विकास संस्था उद्योगी व्यापारी, व्यवसायीहरुका साथै सर्वसाधारणहरु समेत स्वतस्फूर्त रुपमा सहभागी हुन थालेका छन् । यसैबीच तुलसीपुर नगरपालिकाले फोहोरलाई दिगो रुपमा व्यवस्थापन कसरी गर्ने सन्दर्भमा यस क्षेत्रमा क्रियाशील राजनीतिक दलहरुसँग समेत अन्तत्र्रिmया गरेको सूचना प्रमुख झरेन्द्र खरेलले जानकारी दिनुभयो ।