मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, कार्तिक ३०। नेपाल महिला मगर कृषक समूहले २२ लाखको लागतमा  व्यवासायीकरुपमा बेसार खेती सुरु गरेको छ । रिदम नेपालको ११ लाख र संंस्थाको ११ लाखको लागतमा व्यवसायीकरुपमा खेती सुरु गरिएको हो ।

पुरन्धारा–२ मा रहेको बाघमारे कृषि सहकारी संस्थाको १० बिगाहा जग्गा भाडामा लिएर खेती सुरु गरिएको संस्थाकी अध्यक्ष सुमित्रा रानाले बताउनुभयो । वार्षिक प्रतिविगाहा ४ हजारमा सहकारीको जग्गा भाडामा लिएर बेसार खेती सुरु गरिएको रानाले बताउनुभयो । पुरन्धाराको वडानम्वर–९ मा ५ बिगाहा जग्गा पनि भाडामा ल्याएर खेती सुरु गरेको भन्दै अध्यक्ष रानाले उक्त जग्गा वार्षिक १५ हजार भाडामा लिइएको जानकारी दिनुभयो ।

गाविसका २८ जना महिलाहरुले संयुक्तरुपमा काम गर्ने गरेको अध्यक्ष रानाले बताउनुभयो । रिदम संस्थाले पहिलो किस्तामा २ लाख ५० हजार उपलब्ध गराएको र दोस्रो किस्तामा ८ लाख ५० हजार  र तेस्रो किस्ता रकम प्राप्त गर्ने सम्झौता भएको समेत अध्यक्ष रानाले जानकारी दिनुभयो ।  उत्पादन भएको बेसार धुलो र सुठो बनाएर महिलाहरुले नै बिक्री गर्ने योजना बनाएको समेत बताइएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post