मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

रुकुम कार्तिक २५ । हरेक वर्षको कार्तिक हरिबोधनी एकादेशीदेखि पूर्णीमासम्म लाग्ने राप्तीकै प्रशिद्ध डिग्रेशाईकुमारी मेला एवं पूजा आराधना बिहीबारदेखि भव्य रुपमा सुरु भएको छ । जिल्लाको सदरमुकास्थित डिग्रेशाईकुमारी मन्दिर परिसरमा लाग्ने उक्त तथा पूजा आराधना एकादेशीदेखि पूर्णीमासम्म लाग्ने गर्दछ ।

यस वर्षको पूजा तथा मेला एकादशीदेखि सुरु भएको छ । राप्तीकै प्रशिद्ध एवं पर्यटकीय मन्दिर भएकाले पनि पाँच दिनसम्म पूजा तथा मेला लाग्ने डिग्रेशाईकुमारी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले बताउनुभयो । उक्त मन्दिरमा पूजा गर्नाले मनले चिताएको आकांक्षा पुरा हुने र निसन्तानहरुले समेत सन्तानका लागि वरदान माग्ने र त्यो पुरा हुने धार्मिक विश्वास रही आएको अध्यक्ष केसीले बताउनुभयो । उक्त मन्दिरमा पूजापाठ, आराधना, बोकाको वली चढाउने, प्रसिद्ध शंकाल नाच प्रदर्शन गर्ने, मयुर नाच प्रदर्शन, स्थानीय कृषि उपज फलफूलहरु बिक्री बितरण गर्ने, रोटेपिङ खेल्ने जस्ता विभिन्न साँस्कृतिक कार्यक्रमहरु हुने गर्दछन् ।

उक्त मन्दिरमा पूजापाठ गर्न एवं मेला भर्न रुकुम जिल्लाका साथै राप्तीका पाँचै जिल्ला, दाङ, बाँके, वर्दिया, जाजरकोट, डोल्पा, पाल्पा, सुर्खेत र भारतदेखि समेत श्रद्धालु भक्तजनहरु आउने गरेका छन् । उक्त मन्दिरमा आई पूजापाठ गर्न एवं मनको कामना पुरा गर्न सबै श्रद्धालु भक्तजनहरुलाई सचिव कुमार केसीले आमन्त्रण गर्नुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post