मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, कार्तिक २५ । दाङमा पाँचवटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । जसपुर प्रहरी चौकीले अवैद्य रुपमा नदीजन्य बस्तु ओसारपसार गर्न प्रयोग भएका पाँचवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

तुलसीपुरको सितलपुर पुल नजिकै बालुवा र ढुङ्गा उत्खनन् गरिरहेको अवस्थामा पाँचवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जसपुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक नयाराम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अबैद्य उत्खनन्मा संलग्न रहेका रा १ त १५६९,रा १ त १९७०, लु २ त ५५३४, रा १ त १४२३ र रा १ त १८९६ नम्वरका ट्याक्टर नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका पाँचवटै ट्रेक्टरहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले आवश्यक कारवाहीका लागि जिविसमा पठाएको डिएसपी लोकनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post