दाङ, कार्तिक २८/ दाङको घोराहीमा हुने राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ को तयारीलाई तिव्र पारिएको छ । नेपाल राष्ट्रिय पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ दाङको आयोजना र केन्द्रिय समितिको संरक्षकत्वमा मंसिर ३० गते देखि पौष ६ गते सम्म हुने शैक्षिक महोत्सबको तयारीलाई आयोजकले तिव्र पारेको हो ।
तयारी अन्र्तगत आयोजकले आईतबार जिल्लाका विभिन्न साहित्यीक सस्थाहरु संग भेटघाट तथा छलफल गरेको छ । राप्तीकै ठुलो साहित्यीक सस्था राप्ती साहित्य परिषद, प्रगतीशिल लेखक संघ, लेखक संघ, सिस्तो पानी नेपाल लगाएत विभिन्न साहित्यीक व्यक्तिहरु संघ छलफल गरी शैक्षिक महोत्सबमा साहित्यीक गतिविधिहरु कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको छ ।
साथै बैठकबाट महोत्सबमा साहित्यीक कार्यक्रम सञ्चालनका लागि उपसमिति समेत गठन गरीएको आयोजक समितिका संयोजक घनश्याम बरालले जानकारी दिनुभयो । राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको संयोजकत्वमा उपसमिति गठन गरीएको हो । जस्को सदस्यहरुमा शरद अधिकारी, खगराज न्यौपाने, डा. लोकराज पराजुली, टीकाराम उदासी, दीपक शर्मा समीर, नगेन्द्र गुरु, हरि पोख्रेल, डिल्लीराज श्रीधर, छविलाल कोपिला, शरद देबकोटा, शारदा शर्मा, शुशिल गौतम, केशब थापा, खेमराज मल्ल, खगेश्वर भण्डारी, आदिम केसी, जमुना धिताल र नारायण नेपाल रहनु भएको छ ।
आयोजक समितिका सदस्य र साहित्यीक समितिको छलफलबाट महोत्सबमा सञ्चालन गरीने केहि कार्यक्रमहरु तय गरीएको छ । महोत्सबमा समसमायीक विषयमा विचार गोष्ठी, एक देखि आठ कक्षा सम्मका विद्यार्थीहरुको विचमा विद्यालय स्तरिय हाजिरी जवापप प्रतियोगिता, नौ देखि १२ कक्षा सम्मका विद्यँर्थीहरुको विचमा विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता गर्ने निर्णय भएको छ । यस्तै कलेज स्तरिय बादविवाद र निबन्ध प्रतियोगिता, कविता प्रतियोगिता, प्रा वि तह स्तरिय चित्रकला प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको साहित्यीक उपसमितिका संयोजक पुरुषोत्तम खनालले बताउनुभयो ।
महोत्सब व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि निर्देशन समिति समेत गठन गरीएको छ । देवी प्रसाद गुप्ताको संयोजकत्वमा ७ सदस्यीय समिति उपगठन गरीएको हो । जस्को सदस्यहरुमा भैरवबहादुर रावल, निर्मल कुमार आचार्य, मधुसुदन बैद्द, लालमणी लम्साल, सुन्दर गौतम र केशब राज सुबेदी रहनु भएको छ । यस्तै महोत्सब सञ्चालनका लागि आबस्यक पर्ने विद्युत, खानेपानी तथा सरसफाई व्यवस्थापनका लागि प्रेम प्रकाश डिसी संयोजक रहेको उपसमिति गठन गरीएको छ । समितिको सदस्यहरुमा केशब राज शुबेदी, निलकण्ठ तिवारी र विष्णु अधिकारी रहनु भएको छ ।
त्यसै गरी महोत्सब अबधीभर मनोरञ्जन कार्यक्रम सञ्चालनको साथै बाल उद्यान व्यवस्थापनका लागि मानबहादुर वली संयोजक रहेको अर्को उपसमिति गठन गरीएको छ । घोराही स्थित जिविस रोडमा रहेको साल्ट्र टेडिङको खाली जग्गामा एक सातासम्म हुने महोत्सबमा विभिन्न शैक्षिक गतिविधिहरु हुने महोत्सब आयोजक समितिले बताएको छ । महोत्सबमा पुस्तक प्रर्दशनी, शैक्षिक गतिविधिहरु, शिक्षा संग सम्बन्धीत विभिन्न कार्यक्रम, विचार गोष्ठी लगाएतका कार्यक्रमहरु हुने आयोजक समितिका संयोजक घनश्याम बरालले जानकारी दिनुभयो । आयोजकले यसअगाडी विभिन्न मन्त्री, प्रकाशक, संघसस्थाहरु संग छलफल, भेटघाट र प्रचार प्रसार गर्दै आएको छ ।