दाङ, कार्तिक २६ । घोराही नगरपालिका–६ स्थित एकता महिला बहुउद्देश्य संहकारी संस्थाको १९ आंै साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सभा संस्थाका अध्यक्ष यसोदा पाण्डेको अध्यक्षता एवं महिला तथा बालबालिका कार्यालयका अधिकृत मोती विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस अवसरमा बोल्ने वक्ताहरुले सहकारीको माध्यमबाट छरिएर रहेको पँुजीलाई एकत्रित बनाएर लगाउन सहयोग पुग्ने बताएका थिए ।
उनीहरुले महिलाहरुले मात्र सञ्चालन गरेको सहकारीले रचनात्मक कार्य गर्ने सफल भएको भन्दै रचनात्मक कार्यलाई निरन्तरता दिन समेत आग्रह गरेका थिए । त्यस अवसरमा सहकारी संघका जिल्ला अध्यक्ष गोविन्द शर्मा, डिभिजन सहकारी कार्यालयका निवर्तमान अधिकृत जागेश्वर नेपाली, राष्ट्रिय सहकारी बंैकका प्रमुख नारायण वेलवासे, जिल्ला कृषि विकास कार्यालयका देवा महरा, मिली जुली टोलविकास संस्थाका अध्यक्ष मात्रिकाप्रसाद पाण्डे, दिदी बहिनी टोलविकास संस्थाका अध्यक्ष घनबहादुर रावत, कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सम्झना घर्तीलगायतकाले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा लेखा प्रतिवेदन लेखा समितिका संयोजक सृजना पाण्डे र आर्थिक प्रतिवेदन व्यवस्थापक नर्मदा शर्माले प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष यसोदा रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव पार्वती अधिकारीले गर्नुभएको थियो । त्यस अवसरमा संस्थामा जेष्ठ सदस्य ज्योति श्रेष्ठ, डिभिजन सहकारी कार्यालयका निवर्तमान शाखा अधिकृृत जागेश्वर नेपाली र असल सञ्चालक सचिव पार्वती अधिकारीलाई सम्मान गरिएको थियो । सभाले सदस्यहरुको विमा सुरक्षा कार्यक्रम सञ्चालन गर्नेलगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको संस्थाले जानकारी दिएको छ ।