मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

शरद रेग्मी,
दाङ, कार्तिक २६ । दाङमा निर्माण हुन लागेको बहुआयामिक सभागृहको काम शुक्रबारदेखि सुरु भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गर्न लागेको बहुआयामिक सभागृहको काम अगाडि बढाइएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिनुभयो ।
तुलसीपुर–९ दोघरेमा संघका कार्यसमिति सदस्य एवं युवा व्यवसायी यज्ञबहादुर केसीले प्रदान गर्नुभएको १ करोड बराबरको जग्गामा सभाहल निर्माण गर्न लागिएको रिजालले जानकारी दिनुभयो । यसअघि संघले सभाहल निर्माणार्थ सञ्चालन गरेको महापुराणबाट झण्डै २ करोड रुपैया संकलन गरेको थियो ।
संघले सभागृह निर्माणार्थ माघमा व्यापारिक महोत्सवको समेत आयोजना गर्न लागेको संघका अध्यक्ष रिजालले जानकारी दिनुभयो । करिव चार कठ्ठा क्षेत्रफलको जग्गामा शुक्रबार संघका अध्यक्ष रिजाल र निवर्तमान अध्यक्ष टेकनप्रसाद बस्नेतले संयुक्त रुपमा पर्खालको सिलान्यास गर्नुभएको छ ।
कार्यक्रममा संघका पूर्व अध्यक्षहरु चिरञ्जीवी रिजाल, हेमन्त रिजाल, सल्लाहकाहरु खगेन्द्रप्रसाद पोख्रेल, सुरेश हमाल, नगरविकास समितिका अध्यक्ष राजन खड्का, उद्योगपति दिनेश डाँगी, तुलसीपुर नगरपालिकाका समाज कल्यान अधिकृत टोपबहादुर डाँगीलगायत उद्योगी, व्यापारी, व्यवसायी एवं स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post