दाङ, कार्तिक २९ । दाङको घोराही नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिक अन्र्तगतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । घोराही नगरपालिकाले वडा नम्बर ९ स्थित तेरौटेमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियहरुले सम्पुर्ण वडाहरुलाई समान रुपमा विकास गर्दै लैजान आग्रह गरेका छन् ।
कुनै वडा विकासको तिव्र गतिमा रहेको र कुनै वडा विकासका न्युनतम् पुर्वाधारहरुले समेत छुन नसकेको भन्दै सम्पुर्ण वडाहरुमा समान विकासको अबधारणा अनुसार काम गर्न स्थानियहरुले माग गरेका हुन् । स्थानिय अगुवाहरुले आफ्नो वडा पछाडी परेकोमा गुनासो गरेका छन । नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिक अन्र्तगत वडा नम्बर ९ स्थित तेरौटे निमाविमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा पुर्णबहादुर खड्काले अन्य वडाहरुको तुलनामा आफ्नो वडा धेरै पछि परेको बताए ।
सम्पुर्ण वडाहरुको सडक कालोपत्रे भैसक्दा समेत वडा नम्बर ९ को कुनै पनि सडकहरु अहिले कालोपत्रे हुने अबस्था नभएको उहाले बताउनुभयो । सेवार खोलामा पुल निर्माण नहुदा आफुहरु धेरै समस्यामा परेको उहाको भनाई छ ।
कार्यक्रममा पुर्णबहादुर खत्रिले स्यानीटरी ल्याण्ड फिल्ड साईड प्रभावित क्षेत्रहरुको लागि दिदै आएको बजेट बृद्धि गर्नुपर्ने बताउनुभयो । प्रत्येक वर्ष नगरपालिकाले १६ लाख रुपैया दिदै आएकोमा त्यस रकमलाई बृद्धि गरेर त्यहाको विकासमा एकमुष्ट खर्च गर्दै लैजानु पर्ने बताउनुभयो । स्थानिय भुपेन्द्र केसीले वडा नम्बर ९ मा निर्माणाधिन अबस्थामा रहेको मन्दिर अहिले अलपत्र परेको भन्दै त्यसलाई पुर्णता दिन नगरपालिकाले सहयोग गर्नु पर्ने बताउनुभयो ।
यस्तै पुनम सुनारले वडाको सम्पुर्ण भुभाग ओगट्ने गरी महिला स्वास्थ्य स्वयम सेविकाहरु राख्न आग्रह गर्नुभएको छ । उहाले बच्चाहरुलाई खोप लगाउनको लागि समस्या हुने गरेको भन्दै वडाको सबै टोललाई समेट्ने गरी स्वास्थ्य स्वयम सेविका राख्न आग्रह गर्नुभएको छ । कार्यक्रमका सहभागिहरु उदेमन परियार, दुर्गाप्रसाद श्रेष्ठ, माणिकलाल श्रेष्ठ, सरस्वति गुरुङ लगाएतले स्थानिय विकासका लागि सडक, विजुली, खानेपानी, सरसफाई व्यवस्थापनका विषयमा चासो राख्नु भएको थियो ।
कार्यक्रममा उठेका प्रश्नहरुको नगरपालिकाका कार्यकारी अधिकृत तुफानसिंह केसीले स्थानिय विकासका लागि वडाका लागि विनियोजन हुने बजेटलाई एकमुष्ट खर्च गर्नको लागि स्थानिय रुपमै सहमतीका साथ आउन आग्रह गर्नुभएको छ । स्थानियहरु आफै सहमतीका साथ आए आफ्नो तर्फबाट सम्पुर्ण सहयोग हुने उहाले बताउनुभयो । ल्याण्डफिल्ड साईट प्रभावितहरुको लागि विनियोजन भएको बजेटलाई भागबण्डा लगाउनु भन्दा पनि एकमुष्ट खर्च गर्ने तर्फ लाग्न आग्रह गर्नुभएको छ । अरुबेला बजेट र कार्यक्रमहरुको माग राख्ने तर खर्च गर्ने तर्फ कोही कसैले चासो दिन नखोज्दा समस्या हुने गरेको उहाको भनाई रहेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका बाताबरण शाखा अधिकृत सुबोध रेग्मीले नगरपालिकाले गतवर्ष ९ नम्बर वडामा सम्पन्न गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो, भने चालु आर्थिक वर्षमा वडामा परेका कार्यक्रमहरुको बारेमा जानकारी दिनुभएको थियो । नगरपालिकाको आयोजना र जनउत्थान समाज विकास केन्द्रको समन्वयमा भएको कार्यक्रममा केन्द्रका स्थानिय शासन उत्तरदायी समन्त्रका जवाफदेही अधिकृत भुपेन्द्र वलीले सार्वजनिक सुनुवाई कार्यक्रमका लागि तयार पारीएको बर्हिगमन नागरीक पत्र र नागरीक प्रतिबेदन पत्र प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाका सुचना अधिकृत प्रेम केसीले सार्वजनिक सुनुवाईको बारेमा कार्यक्रममा प्रष्ट पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार नवीन अभिलाषीले गर्नुभएको थियो ।