मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

सविन प्रियासन/समाजमा अनेक घटनाहरु घट्छन् । तरकारी वालीका रुपमा चर्चित कुसुम श्रेष्ठको जीवनमा पनि अचानक मिठो घटना घटेको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यमका कारण उनी यतिबेला चर्चाको शिखरमा छिन् । सामान्य किसान परिवारमा जन्मिएकी कुसुम एकाएक यति धेरै हिट भएपछि उनको डाहामा गोहीको आँशु बगाउनेहरु पनि धेरै छन् । कुसुमले यही वर्ष एसएसी पास गरेकी हुन । उनी नर्स बनेर बिरामीको सेवा गर्न चाहन्थिन् । तर पारिवारिक अवस्था कमजोर भएकाले त्यो सपना उनको अधुरो रह्यो ।

अहिले जे जस्तो भएपनि कुसुम उच्च शिक्षा अध्ययनमा लागेकी छन् । उनको चर्चासँगै कुसुमको जीवनमा सम्भावनाका धेरै ढोकाहरु खुलेका छन् । सम्भावना र अबसरलाई कुसुमले सही तरिकाले सदुपयोग गरिन् भने आफू लागेको क्षेत्रमा सफल व्यक्ति बनेर उनी स्थापित हुन सक्छिन् । समाजमा राम्रा र नराम्रा मानिस अनि सोँचहरु धेरै हुने भएकाले प्रशंशालाई सकारात्मक रुपबाट शक्तिमा रुपान्तरण गर्ने र नकारात्मक टिप्पणी एवं सुझावहरुलाई पनि भविष्यमा हुन सक्ने दुर्घटनाबाट बच्ने उपाएकारुपमा लिनुपर्छ । तरकारी वाली यसरी अगाडि बढ्न सकिन् भने जिन्दगीले दिएको चमत्कारीपूर्ण अबसरले उनलाई भविष्यमा प्रगति पथको रहर लाग्दो उचाईमा पु¥याउनेछ ।

सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा दिनहुँ अरबौं व्यक्तिहरुले आफ्ना फोटा अनि मतहरु लेख्छन् । समाचारकारुपमा बाहिर आउँछन् । त्यसमध्ये सीमित समाचार अनि तस्विरहरुले धेरैको मन जित्छ । तरकारीवाली कुसुमले पनि सामाजिक सञ्जालमा आफ्ना तस्विरहरु आफैले धेरै अगाडिबाट राख्न सुरु गरेकी हुन् । मुस्किलले केही साथीहरुले लाइक र कमेन्ट गर्थे । अरुले नै खिचेको तस्बिर सामाजिक सञ्जालमा राखिएपछि कुसुम चर्चाको शिखरमा पुगिन् । यो कुरा यहाँ किन उठाउन खोजिएको हो भने तरकारी वालीले न उक्त तस्विर खिचाउन आग्रह गरेकी थिइन्, न त तस्विर खिच्ने र पोष्ट गर्नेले यति धेरै चर्चा बटुल्ला भन्ने सोँचेका थिए । तर, पनि एकाएक चर्चाको शिखरमा तरकारीवाली पुगिन् । उनको चर्चा यति धेरै भयोकी भारतीय सञ्चारमाध्यमहरुमा समेत कुसुम छाइन् । सबैको खोजीको विषय उनी बनिन् ।

तरकारीवाली खोजीको विषय बनेपछि स्वभाविकरुपमा हेर्दा राम्री, हिस्सी परेकी कुसुमलाई सबैजसो सञ्चार माध्यमले आफूसँग जोड्ने प्रयास गरे । यति सब भएपछि फिलिम खेल्न, गीतमा मोड्लिङ गर्न र मोडल बन्नका लागि उनलाई अफर गरिनु स्वाभाविक छ । तरकारी वालीको जीवनबाट समाज अनि व्यक्तिले पनि धेरै कुरा सिक्न सक्छ । सकारात्मक सोँच राख्नेहरुले तरकारी वालीको जीवनलाई प्रेरणाको रुपमा पनि लिन सक्छ । ओझेलमा परेको मान्छे समाजमा रातारात हिट हुन सक्छ, चर्चित हुन सक्छ, सबैको प्रिय बन्न सक्छ भन्ने कुरा पनि तरकारी वालीको जीवनबाट पुष्टि भएको छ । तसर्थ कुसुमको जीवनमा घटेको मिठो घटनालाई सबैले सकारात्मकरुपमा ग्रहण गर्नुपर्छ ।

समाजमा विभिन्न सोँचाइहरु छन् । सबैको जिन्दगी एकै प्रकारको हुँदैन । सफलता अनि असफलताका धेरै आयामहरु हुन्छन् । कहिले काँही सफलताको सिढीमा नसोँचेको घटनाक्रमले अगाडि बढ्न महत्वपूर्ण काम गर्छ । कुसुमको जीवनमा नसोँचेको कुरा भएको छ । तसर्थ यसलाई सही तवरबाट सदुपयोग गर्नु कुसुमको दायित्व हो । तरकारी वालीकारुपमा कसुसम चर्चामा आएपछि उनको बारेमा राम्रो नराम्रो भन्नेहरुको ठूलो झुण्ड छ । सामाजिक सञ्जालहरुमा उनीप्रति तिखो प्रहार गर्नेहरु पनि धेरै छन् । सञ्चार माध्यम र सञ्चारकर्मीहरुप्रति समेत व्यंग्य गर्नेहरुको संख्या धेरै छ । सबैलाई आफूखुसी विश्लेषण गर्ने छुट छ । तर, यो भन्दैमा आँखामा पट्टी लगाएर सम्भावनाको विशाल रथमा पाइला राखेकी कुसुमलाई निरुत्साहित पार्ने गरी अगाडि बढ्नु संकुचित मानसिकता हो । कसैका बारेमा पनि व्यक्तिगत टिप्पणी गर्दा उसको बानी, व्यहोरा, चालचलन, समाजमा उसले खेलेको भूमिकाका आधारलाई प्राथमिकता दिइयो भने राम्रो हुन्छ । तर, कुसुमल केही पनि नगर्दै उनलाई खलपात्रकारुपमा निरुत्साहित पार्ने गरी सामाजिक सञ्जालमा आफूलाई प्रस्तुत गर्नु वहुलठी पन हो ।

कुसुमलाई अगाडि बढ्नका लागि सुझाव दिनुपर्छ । सकारात्मकरुपमा दिइएको सुझाव ग्रहण गर्दै कुसुम अगाडि बढ्न सकेमा उनलाई पनि राम्रो हुनेछ । यो बाहेक तरकारीवालीलाई नानाभाँती भन्नु, उनको लोकप्रियतालाई खुइल्याउन खोज्नु संकुचित मानसिकता हो । कुसुमले टेलिभिजन, पत्रपत्रिका, रेडियो सबै ठाउँमा अन्तर्वार्ता दिँदा पढाईको कुरा प्रमुखरुपमा गरेकी छन् । उनले भरपुररुपमा पढ्न चाहेकी छन् । यो कुरालाई गौण ठानेर मोडलिङ वा फिलिमी क्षेत्रमा जान पनि सक्छु भनेको कुरालाई नकारात्मकरुपमा विश्लेषण गर्नुलाई हामीले कुनरुपमा हेर्ने ? कुसुम मोडलिङ वा फिलिमी क्षेत्रमा गइन् भने के उनी बिग्री हाल्छिन् ? या यो क्षेत्र अपबित्र हुन्छ ? कुनै पनि क्षेत्र नराम्रो हुँदैन, त्यो क्षेत्रमा लागेको व्यक्तिले आफूलाई कसरी अगाडि लैजान्छ भन्ने कुरा प्रमुख हो । नाँगीएर चर्चा कमाएकी अर्चना पनेरु नायीका बन्न हुने ? किसानको छोरी चर्चाको शिखरमा आउनै नहुने, यस्तो पनि हुन्छ ? सामान्य परिवारकी कुसुम मोड्लिङ वा नायीका बन्दा कसको के जान्छ ?

यदि तरकारीवालीलाई सही सुझाव दिने हो भने बरु पढाइलाई प्राथमिकता दिँदै जुनसुकै क्षेत्रमा गए पनि त्यसको भरपुर ज्ञान लिएर, अध्ययन विश्लेषण गरेर, प्रशिक्षण लिएर जाँदा राम्रो होला भन्दा राम्रो होला । अन्यथा चर्चित व्यक्तिलाई बिरोध गर्दा समाजमा स्थापित हुुन्छु भन्ने मानसिकता बाहेक अरु केही हुने छैन ।

तसर्थ यदि तपाईहरु कोही पनि कुसुमलाई साँचो मनबाट सुझाव दिन चाहनु हुन्छ वा सहयोग गर्न चाहनुहुन्छ भने उनले नर्स पढ्न पाए राम्रो हुने थियो भनिरहेकी छन् । पढ्न सहयोग गर्नुहोस् । ताकि तरकारीवालीले नर्स भएर दिन दुःखीको सेवा गर्न सकून् । तरकारीवालीले एकाएक धेरै चर्चा कमाई सकेकी छन् । समाजिक सञ्जाल र नेपाली सञ्चार माध्यममा उनको जति चर्चा अमेरिकी राष्ट्रपतिको पनि भएको छैन । तसर्थ तरकारीवालीले पाएको चर्चालाई समाजमा उदाहरणीय बनाउनका लागि तरकारीवालीको अबको कदमले ठूलो भूमिका खेल्ने भएकाले उनले कदमकदममा होस पु¥याउँदै आफूलाई अगाडि बढाउनुपर्छ  । तरकारीवाली कुसुकको जिन्दगी सफलताको उचाईमा पुग्न सकोस्, शुभकामना ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post