दाङ, कार्तिक २७ । दाङका अटो रिक्सा, ट्याम्पु चालकहरुलाई प्रशिक्षण दिइएको छ । जिल्लाको तुलसीपुर क्षेत्रका अटो रिक्सा, ट्याम्पु ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले प्रशिक्षण दिएको हो ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख देवबहादुर केसीले दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमका बारेमा अटो रिक्सा, ट्याम्पु चालकहरुलाई प्रशिक्षण दिएको जानकारी दिनुभयो । अटो रिक्सा श्रमिक संघका अध्यक्ष गमर चन्द्र रोकाको अध्यक्षता तथा तुलसीपुर नगरपालिकाका निमित्त प्रमुख ललित घर्तीको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा ट्राफिक नियम, रिक्सा, टेम्पो चलाउँदा अपनाउनुपर्ने सावधानीका बारेमा प्रशिक्षण दिएको थियो ।
कार्यक्रममा रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, पत्रकार महासंघ दाङका सदस्य बालाराम खड्का, टेम्पो समितिका अध्यक्ष नारायण जिसीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्रहरी रमेश विसीले गर्नुभएको थियो ।