दाङ, कार्तिक २७ । अर्थमन्त्री कृष्णबहादुर महराले राप्ती उपक्षेत्रीय अस्पताललाई ‘पाइलट प्रोजेक्टका रुपमा विकास गर्ने बताउनुभएको छ । शनिबार बिहान अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले भन्नुभयो, ‘राप्ती क्षेत्रको मुख्य आधार राप्ती उपक्षेत्रीय अस्पताललाई सरकारले पाइटल प्रोजेक्टका रुपमा अगाडि बढाएको बताउनुभएको हो ।
जिल्ला अस्पतालबाट उपक्षेत्रीय अस्पताल बनाउँदा आफूले भूमिका खेलेको स्मरण गराउँदै अर्थमन्त्री महराले यसको विकासका लागि आफू मरिमेट्ने प्रतिबद्धता जाहेर गर्नुभयो । अस्पताललाई स्थास्थ्य विज्ञान प्रतिष्ठान बनाउने फाइल स्वास्थ्य मन्त्रीको टेबुलमा पुगिसकेको भन्दै जिल्लाका सरोकारवाला निकायहरुको सकारात्मक सहयोग आवश्यक भएको बताउनुभयो ।
अस्पताललाई भौतिक पूर्वाधारका साथै प्राविधिक जनशक्तिले सम्पन्न बनाउने भन्दै मन्त्री महराले भन्नुभयो, ‘म यहीको बासिन्दा र अघिल्लो निर्वाचनबाट निर्वाचित प्रतिनिधि भएकाले अस्पतालको विकासका लागि पर्छु ।’ उक्त अवसरमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जनाद्र्धन पन्थीले अस्पतालको विकासका लागि ज्ञापन पत्र बुझाउनुभएको थियो । ज्ञापन पत्र बुझाउँदै उहाँले स्तबृद्धि गर्दैमा अस्पतालको विकास नहुने बताउनुभयो ।
भौतिक पूर्वाधार, उपकरण र प्राविधिक जनशक्तिको अभावमा चाहेजस्तो सेवा दिन नसकेको भन्दै डा. पन्थीले अस्पतालको विकासका लागि पहल गरिदिन आग्रह गर्नुभयो । सुकुम्बासीहरुले अस्पतालको जग्गा अतिक्रम गरिरहेकाले उनीहरुको व्यवस्थापनमा सहयोग गर्न अनुरोध गर्नुभयो ।
तस्वीरः अभिलाष राजभण्डारी/दाङ खबर