मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नवीन अभिलाषी
दाङ, फागुण १८ । त्रिभुवननगर जेसीज दाङले पुस्तकालयको भवन निर्माण सहयोगार्थ सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । यो वर्षको आउँदै गरेको रंगहरुको पर्व होलीको अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो । अहिले त्रिभुवननगर जेसीजले बहुउपयोगी पुस्तकालय भवनको निर्माण गरिरहेको छ ।

भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले त्रिभुवन नगर जेसीजले होली मिलन सांस्कृतिक कार्यक्रम–२०७३ को आयोजना गरेको हो । स्थानीय कलाकारहरुलाई प्रोत्साहन एवं जेसीज पुस्तकालय भवन निर्माण सहयोगार्थ कार्यक्रमको आयोजना गरेको त्रिभुवननगर जेसीज २०१७ का अध्यक्ष दीपक शर्माले जानकारी दिनुभयो । यहि माघ २८ गते शनिबार घोराहीको भिंग्रेली भिलेजमा कार्यक्रम हुने त्रिभुवननगर जेसीजले बताएको छ । दिउँसो २ वजेदेखि बेलुकी ६ वजेसम्म हुने सांस्कृतिक कार्यक्रममा प्रवेशका लागि ५ सय र २ सयको टिकट व्यवस्था गरिएको त्रिभुवननगर जेसीजका मनोरञ्जन संयोजक बल पुनले जानकारी दिनुभयो ।

सांस्कृतिक कार्यक्रमका लागि दाङमा जन्मेर राष्ट्रिय स्तरमै चर्चा कमाउन सफल कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ । कार्यक्रममा संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, हाँस्य कलाकार कमल गाउँले, लोक गायक कृष्ण रेउले, गायीका भुमिका गिरी, गायक देवेन्द्र बस्नेत, खड्ग शर्मा, शरद समीप, प्रेम शर्मा, टोपेन्द्र विष्टलगायतका कलाकारहरुको प्रस्तुती रहने मनोरञ्जन संयोजक पुनले बताउनुभयो ।

सन् २०१३ देखि सुरु भएको पुस्तकालय भवन निर्माणको कार्य अहिलेसम्म ६० प्रतिशत सकिएको त्रिभुवननगर जेसीज २०१३ का अध्यक्ष एवं पुस्तकालय भवन निर्माणका संयोजक दीपक श्रेष्ठले जानकारी दिनुभयो । ५ वर्षे योजना अनुसार काम जारी रहेकाले यसै वर्षमा सम्पन्न गरिने उहाँको भनाई छ । करिव ६० लाख रुपैया बजेटको स्टिमेट गरिएको भवन निर्माणमा अहिलेसम्म ३२ लाख बढी खर्च भइसकेको संयोजक श्रेष्ठले बताउनुभयो ।

दाङमा राम्रो पुस्तकालय नभइरहेको अवस्था अवस्थामा बहुआयामिक पुस्तकालय निर्माणका लागि त्रिभुवननगर जेसीजले भवन निर्माण गरिरहेको छ । जिल्ला विकास समिति, नगरपालिका, संसद विकास कोषलगायत विभिन्न निकायहरुको सहयोगबाट भवन निर्माण भइरहेको जेसीजले बताएको छ । अहिले पनि जेसीजले घोराहीमा उत्कृष्ट पुस्तकालय सञ्चालन गरिरहेको छ । तर, अब बृहत र पूर्ण पुस्तकालयको अवधारणासहित काम सुरु गरिएको श्रेष्ठले बताउनुभयो । पुस्तकालयमा किताब मात्र नभई महत्वपूर्ण चलचित्रहरु, डकुमेन्ट्री, त्यसको प्रदर्शनीलगायतका कामहरु हुने उहाँको भनाई छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post