दाङ फागुण १८ । नेकपा एमालेका प्रभावशाली नेता तथा स्थायी कमिटी सदस्य शंकर पोख्रेल दाङ आउनु हुने भएको छ । २०५४ सालको स्थानीय निर्वाचनमा निर्वाचित र नगरपरिषद्को पहिलो बैठकबाट मनोनित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रमलाई सम्वोधन गर्न पोख्रेल दाङ आउनु हुने भएको हो । नेकपा एमाले घोराही नगर कमिटिले कार्यक्रमको आयोजना गरेको हो ।
सरकारले स्थानीय निकायको निर्वाचनको घोषणा गरेकोमा स्वागत गर्दै एमालेले यहि फागुण १९ गते घोराहीमा भव्य कार्यक्रमको आयोजना गरेको छ । यसै सन्दर्भमा घोराही नगरकमिटीले २०५४ सालका जनप्रतिनिधिहरुलाई सम्मान गर्न लागेको हो । बुधबार बिहान ११ बजे घोराही नगरपालिकाको सभाकक्षमा कार्यक्रम हुने घोराही नगर कमिटीका अध्यक्ष लछिनप्रसाद बुढा मगरले जानकारी दिनुभयो ।
यसैबीच नगरकमिटी अध्यक्ष मगर र सचिव केशव गिरीले मंगलबार संयुक्तरुपमा विज्ञप्ति जारी गरी पार्टीका स्थायी कमिटी सदस्य पोख्रेलले सम्वोधन गर्ने कार्यक्रममा उपस्थितिका लागि सबैलाई आग्रह गरेका छन् ।
यसैबीच १९ गते बिहान हुने प्रशिक्षण कार्यक्रम हुने भएको हो । पेशागत महासंघ नेपाल जिल्ला समिति दाङले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उपस्थितिका लागि समितिले पेशाकर्मीहरुलाई आग्रह गरेको छ । १९ गते बिहान ७ वजेदेखि ९ः३० वजेसम्म घोराहीको सिटि प्लाजामा हुने प्रशिक्षण कार्यक्रममा एमाले स्कुल विभागका उपप्रमुख समेत रहेका पोख्रेलले सम्बोधन गर्ने भएकाले सबैलाई उपस्थितिका लागि समितिका अध्यक्ष सानुनारायण अधिकारी र सचिव शेरबहादुर केसीले विज्ञप्ति निकालेर आग्रह गर्नुभएको छ ।