मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, फागुण १९ । राप्ती राजमार्गअन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा आज बिहान बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन् । सो घटनामा पाँचजनाको अवस्था गम्भीर रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभएको छ ।

घाइतेमध्ये राप्ती अञ्चल अस्पतालमा १८ जनाको उपचार भइरहेका छ भने  पाँचजना गम्भीर घाइतेलाई अञ्चल अस्पतालको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ ।

तुलसीपुरबाट यात्रु बोकेर नेपालगन्जतर्फ जाँदै गरेको रा१ख ९४१ नंको बस र नेपालगन्जबाट तुलसीपुरतर्फ आउँदै गरेको से१ख १२८७ नंको ट्रक ठोक्किँदा उक्त दुर्घटना भएको थियो । रा१ख ९४१ नंको बसका सहचालक तुलसीपुर–१९ कै ३८ वर्षीय गोविन्द शर्मा, मानपुर–२ निवासी ७७ वर्षीय केशरबहादुर खड्का पञ्चकुले–४ निवासी ७४ वर्षीय भीमबहादुर बुढाथोकी  र पञ्चुकले–४ कै ६५ वर्षीया कलावती बुढाथोकी, किरण चौधरीको अवस्था गम्भीर रहेको राप्ती अञ्चल अस्पताल प्रशासनले जनाएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post