शरद रेग्मी,
दाङ, फागुण १९ । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा दिपेन्द्रकुमार खत्रीलाई प्रस्ताव गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको चैत्र २७ गते हुन लागेको महाधिवेशनमा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष खत्रीलाई केन्द्रीय सदस्यमा सिफारिस गरिएको हो ।
संघको बुधबार बसेको नियमित बैठकले खत्रीलाई खुल्लातर्फबाट केन्द्रीय सदस्यमा सिफारिस गर्नेे निर्णय गरेको हो । त्यसैगरी संघका निवर्तमान अध्यक्ष टेकनप्रसाद बस्नेत (हिमाल) र सल्लाहकार खगेन्द्रप्रसाद पोख्रेललाई केन्द्रीय सदस्यमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष विमल रिजालको अध्यक्षतामा बसेको बैठकले आगामी महासंघको अधिवेशनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छालाई समर्थन गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी बैठकले तुलसीपुर उद्योग वाणिज्य संघले थालनी गर्न लागेको बहुआयामिक सभागृहको कामलाई तीब्र गतिमा अगाडि बढाउने निर्णय गरेको छ । त्यसैगरी बैठकले संघलाई अहिलेसम्म कै सबै भन्दा बढी आर्थिक सहयोग गर्नुहुने युवा व्यवसायी यज्ञबहादुर केसीलाई तुलसीपुर उद्योग वाणिज्य संघको वरिष्ठ सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । केसी संघको पहिलो वरिष्ठ सदस्य प्रदान गर्ने व्यवसायी हुनुहुन्छ ।
त्यसैगरी हालै सम्पन्न मध्यपश्चिम व्यापारिक महोत्सवको आय–व्यय सार्वजनिक गरिने तयारी भइरहेको हुँदा भुक्तानी लिनुपर्ने र आम्दानी रकम तत्काल संघमा जम्मा गरी दिनु हुन संघले सबै सरोकारवालाहरुमा आग्रह समेत गरेको छ । बैठकमा संघका निवर्तमान अध्यक्ष हिमाल बस्नेत, पूर्व अध्यक्षहरु गणेश प्रेम श्रेष्ठ, हेमन्तकुमार रिजाल, संघका सल्लाहकारहरु सुरेश हमाल, खगेन्द्रप्रसाद पोख्रेल, कानुनी सल्लाहकार प्रविण लम्साल, प्रेस सल्लाहकार शरद रेग्मीलगायतले सुझावसहित मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी बैठकमा संघका वरिष्ठ उपाध्यक्ष विरु रावत, उपाध्यक्ष सेवकराम भण्डारी, कोषाध्यक्ष ललितजंग शाहलगायतले बोल्नुभएको थियो । बैठकको सहजीकरण महासचिव नेत्रलाल वलीले गर्नुभएको थियो ।