मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, फागुन १८ । त्रिभुवन विश्व विद्यालय अन्तरगतका झण्डै २०० क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव हुँदैछ । तर, ठूला क्याम्पसहरुमा भने चुनाव नहुने भएको छ । विद्यार्थी संगठनहरुको आन्तरिक विवाद लगायतका कारण धेरै क्याम्पसमा ताला लागेको छ ।

२४ आंगिकसहित करिव २०० क्याम्पसमा चुनाव हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
आज बुधबार पुल्चोक र थापाथली इन्जिनियरिङ क्याम्पसमा चुनाव हुँदैछ । यस्तै कोटेश्वर क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, आईओएम, नर्सिङ क्याम्पसका साथै एड्भान्स इन्जिनियरिङ क्याम्पसमा पनि चुनाव हुँदैछ ।

थापाथलीमा मतदान सुरु भइससकेको छ । अन्यत्र पनि मतदानको तयारी भइरहेको छ । तर, आरआर, त्रिचन्द्र, अस्कल, पाटनसहितका ठूला क्याम्पसहरुमा भने चुनाव हुँदैछैन । धेरै क्याम्पसमा विद्यार्थी संगठनहरुले नै ताला लगाएका छन् । सबैभन्दा धेरै विद्यार्थी रहेको पोखराको पीएन क्याम्पसमा पनि चुनाव रोकिएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post