शरद रेग्मी,
दाङ फागुण १८ । दाङको तुलसीपुरमा दुई वर्ष अगाडिदेखि निर्माणाधिन अपाङ्गमैत्री भवन अलपत्र परेको छ । अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो संस्थालाई बलियो र दीर्घकालीन रुपमा अगाडि बढाउने आशाले सुरु गरेको भवन पुरा हुन नसकेपछि उनीहरु निरास बनेका छन् ।
‘हामीले निकै मिहिनेत गरेर जम्मा गरेको पैसाले घडेरी किन्यौं । तर, घर बनाउन सकेका छैनांै’, अपाङ्ग समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कडेलले भन्नुभयो, ‘हामीले थालनी गरेको भवनमा सहयोग गर्ने दाता खोजी रहेको छौं । तर, कसैले पनि यसमा चासो दिएका छैनन् ।’ अध्यक्ष कडेलले भन्नुभयो, ‘सरोकारवालाहरु ठूला भाषणमा मात्रै जोड दिन्छन् । काम कसैले गर्दैनन् । उनीहरुले जहाँबाट कमिसन आउँछ, त्यहाँ मात्रै वजेट पार्ने गरेको गर्छन् । हामीले कमिसन दिन सकेनांै, त्यसैले हाम्रो भवनमा वजेटमा परेन त्यसैले यो अलपत्र परेको छ ।’
उहाँको संस्थाले सो जग्गा किन्न तुलसीपुरमा महापुराणको आयोजना गरेको थियो । दुई वर्ष पहिले निकै तामझामका साथ शिलान्यास गरिएको भवन पुरा हुन अब झण्डै २० लाख रुपैया आवश्यक पर्ने भवन निर्माण समितिका अध्यक्ष खुमानन्द अधिकारीले बताउनुभयो । उहाँले यो भवनमा अहिलेसम्म ६ लाख रुपैयाँ खर्च भएको र २ लाख रुपैया भुक्तानी दिन बाँकी रहेको समेत जानकारी दिनुभयो ।
यस अघि सांसदहरु बुद्धिराम भण्डारी र अनारकली मियाले भवन निर्माण स्थलमा पुगी २ लाखका दरले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । त्यस्तै समाजसेवी उत्तमकुमार श्रेष्ठले १ लाख ५० हजार सहयोग गर्ने बताउनुभएको थियो । श्रेष्ठले भवन निर्माणका लागि थप रकम समेत सहयोग गर्ने बताउनुभएको छ ।
तुलसीपुर–६ इन्द्रनगरमा निर्माणाधीन सो भवन भुकम्प प्रतिरोधात्मक र अपाङ्गमैत्री रहनेछ । १६ मिटर लम्वाई र ७ मिटर चौडाई रहेको छ, भने ४ कोठे भवनको आर्थिक अभावका कारण निर्माण अलपत्र परेको छ । सो भवन निर्माण गर्न ४० लाख रुपैया लाग्नेछ ।