नवीन अभिलाषी,
दाङ, फागुण १९ । चिरान काठ ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको ट्याक्टरकै पार्टपुर्जाहरु निकालेर प्रहरीले बेचेको पाइएको छ । जिल्लाको तुलसीपुरस्थित उरहरीबाट तुलसीपुरकै वसपार्क ल्याउँदै गरेको चिरान काठसहितको ट्याक्टर पक्राउ गरी अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा ल्याउँदै गर्दा बीच बाटोबाटै प्रहरीले ट्याक्टरका विभिन्न पार्टपुर्जाहरु निकालेर बेचेको पाइएको हो ।
दाङको तुलसीपुरमा गत १६ गते बेलुकी ईलाका प्रहरी कार्यालय तुलसीपुरले रा १ त ६३० नम्वरको ट्याक्टर पक्राउ गरेको थियो । उरहरी स्थित आफ्नै घरबाट तुलसीपुर वसपार्कमा रहेको अर्को आफ्नै घरमा लैजाँदै गरेको मसला प्रजातीको चिरान काठ प्रहरीले गत १६ गते ट्याक्टरसहित पक्राउ गरेको काठधनी लेपबहादुर विष्ठले बताउनुभयो । वीरबहादुर डाँगीको ट्याक्टर प्रयोग गरेर तुलसीपुर नगरपालिका २० सुकौरा निवासी विष्टले आफ्नो काठ तुलसीपुर ल्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो । आफैले उत्पादन गरेको मसला प्रजातीको काठ एक ठाउँबाट अर्को ठाउँमा लैजान पाउने व्यवस्था भए पनि तुलसीपुरस्थित ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ट्याक्टरमा परालले छोपेको अवस्थामा चिरान काठ देखेपछि पक्राउ गरेको थियो ।
२०७३ असोज २५ गते प्रकाशित नेपाल राजपत्रको भाग ३ अनुसुचि २६ नियम ६२ को उपनियम ४ क सँग सम्बन्धित दर्ता नभएको निजी वन धनीले कटान गर्न अनुमति लिन नपर्ने भनि २३ प्रजातीका काठहरु छुट्याएको छ । मसलासहित ती २३ प्रजातीका सामान्य काठहरु ओसार पसार गर्न पाइने, तर भ्याट काटेको हुनुपर्ने सरकारले व्यवस्था गरेको छ । तर, मसलाको चिरान काठ भएकाले प्रहरीले सो ट्याक्टर पक्राउ गरेको थियो ।
तर, थप अनुसन्धानका लागि भन्दै तुलसीपुरबाट जिल्ला वन कार्यालय घोराहीमा ल्याउँदै गरेको ट्याक्टर बीच बाटोबाटै नेपाल प्रहरीका जवानहरु धनप्रसाद चौधरी र प्रकाश विष्टले लक्ष्मीपुर–४ गोग्लीस्थित मुन्ना टायर रिपेयरिङमा पु¥याएका थिए ।
काठसहितको ट्याक्टर गोग्लीमा पु¥याई करिव दुई लाख बराबरको पार्टपुर्जाहरु फेरेको पाइएको हो । उनीहरुले ट्याक्टरको बीचका दुईवटै ठूला टायर, एउटा ब्याट्री र ५३ लिटर ब्रेक वायल निकालेको पाइएको ट्याक्टर धनि डाँगीले बताउनुभयो । ट्याक्टरको नयाँ टायर झिकेर पुरानो टायर राखेको र ब्याट्री पनि फेरेको अवस्थामा रहेको ट्याक्टर धनी डाँगीको भनाई छ । पक्राउ परेको आफ्नो ट्याक्टर निकाल्नका लागि जिल्ला वन कार्यालयमा पुग्दा ट्याक्टरका दुई वटै ठूला टायर र ब्याट्री फेरेको र ब्रेक वायल झिकेको अवस्थामा पाएको उहाँले बताउनुभयो । ‘वन कार्यालयमा ट्याक्टर त छ तर ट्याक्टरका टायरहरु फेरेको, ब्याट्री फेरेको देखेँ’ , ट्याक्टर धनी डाँगीले भन्नुभयो, ‘तुलसीपुर ईप्रका मै मिल्न सक्थ्यो । काठ अबैध होइन । प्रक्रियामा मात्रै केहि समस्या भएको थियो । तर, अहिले हामीले दुःख पायौँ ।’
घटना बाहिर आएपछि प्रहरीले गोग्लीमै पुगेर दुई वटा टायर र एउटा ब्याट्री फिर्ता ल्याएको छ । घटनामा सम्लग्न धनप्रसाद चौधरी र प्रकाश सिंह विष्टले दोष स्वीकार गरिसक्नुभएको छ, भने उहाँहरुलाई तत्कालका लागि निलम्बन गरिएको छ । प्रहरीले घटनालाई थप अनुसन्धान मै राखेर दोषी चौधरी र विष्टलाई छ महिनाका लागि निलम्बन गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले बताउनुभयो । ‘तत्कालका लागि उनीहरुलाई निलम्बन गरिएको छ । र थप कार्बाहीका लागि घटनालाई अनुसन्धानमा राखिएको छ’, सिंहले भन्नुभयो, ‘उनीहरुलाई छ महिनाका लागि निम्बलन भएको छ ।’
उता जिल्ला वन कार्यालयले पक्राउ गरिएको काठ अबैध नभएको देखिएकाले सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ । प्रहरीले वन कार्यालयलाई बुझाएको उक्त काठ जिल्ला वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले बैध भएको पाएपछि काठ धनी लेपबहादुर विष्टलाई जिम्मा लगाइएको हो ।