मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, वैशाख ११   । गृह मन्त्रालयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको निर्वाचनविरोधी गतिविधि स्थानीय तहको निर्वाचनको प्रमुख सुरक्षा चुनौती रहेको ठहर्याएको छ ।

विप्लव नेतृत्वको नेकपाले सार्वजनिक रुपमै स्थानीय तहको निर्वाचन बिथोल्ने भन्दै आएको छ । गृहले पहाडी जिल्लामा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको चुनावविरोधी गतिविधि र तराईमा नेकपाका साथै विखण्डनकारी सिके राउतका कार्यकर्तालगायत भूमिगत समूहको गतिविधि स्थानीय तह निर्वाचनका प्रमुख सुरक्षा चुनौती रहेको ठहर गरेको हो ।


विप्लवका कार्यकर्ता निर्वाचन विथोल्ने उद्देश्यले नगरपालिका र गाउँपालिका केन्द्रित भएको स्रोतले बताएको छ । प्रहरीले प्रत्येक नगरपालिका र गाउँपालिकामा सादा पोसाकमा प्रहरी खटाएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Abroad Study
«
Next
»
Previous