दाङ, बैशाख ७ । नेवार समुदायको छाता संगठन नेवाः देयर दवुको छैठांै राष्ट्रिय महाधिवेसन दाङको घोराहीमा हुने भएको छ । नेवार सेवा समिति दाङको आतिथ्यतामा यहि बैशाख ८ र ९ गते दुई दिन हुने राष्ट्रिय महाधिबेसनको तयारी ९० प्रतिशत पुरा भएको छ ।
सेवा समिति दाङले बुधबार घोराहीमा पत्रकार सम्मेलन गरी महाधिवेसनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महाधिवेसनको उद्घाटन केन्द्रीय संरक्षक मल्लके सुन्दरले गर्ने कार्यक्रम रहेको छ । समितिका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षता एवं केन्द्रीय अध्यक्ष नरेश ताम्राकारको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन भएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष ताम्राकारले नेवारहरु कला, संस्कृति संरक्षण एवं प्रबद्र्धनसँगै पहिचान स्थापित गर्ने उद्देश्यले नेवारहरुको साझा संगठन स्थापना भएको भन्दै पाँचनम्वर प्रदेशको सम्भावित राजधानी दाङमा राष्ट्रिय महाधिवेसन गर्न पाउँदा खुसी भएको बताउनुभयो । नेवारी संस्कृतिलाई स्थापित गर्दै यसको प्रर्वदनमा र दाङलाई प्रादेशीक राजधानी बनाउन सहयोग पु¥याउने उद्देश्यले राष्ट्रिय महाधिवेसन गर्न लागिएको भन्दै महाधिवेसनलाई सफल बनाउनु सम्पूर्ण राप्तीबासीहरुको महत्वपूर्ण भुमिका हुने चर्चा गर्नुभयो ।
महाधिवेसनको उद्घाटन कार्यक्रम हुनुपूर्व बिहान ११ वजेबाट घोराहीको काठेकोहलस्थित भिमसेन मन्दिरबाट नेवारी भेषभुषा र वाजागाजासहित सुरु हुने भव्य झाकी जुलुस घोराहीको विभिन्न भागको परिक्रमा गर्दै दिउसो १ वजे घोराहीको नेशनल ट्रेडिङको परिसरमा पुगेर सभामा परिणत हुने नेवार सेवा समिति दाङका अध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । देशभरबाट करीव ६ सय प्रतिनिधिहरुको सहभागिता रहने महाधिवेसन सम्पन्न गर्न करीव १५ लाख रुपैया खर्च लाग्ने समितिका जिल्ला सचिव रोशनमान श्रेष्ठले बताउनु भयो ।
महाधिवेसनको खर्च विभिन्न संघसंस्था तथा व्यक्तिहरुको सहयोग र प्रतिनिधिहरुबाट प्रवेश शुल्कले व्यवस्थापन गरिने र आधा भन्दा बढि रकम आवासमा खर्च हुने सचिव श्रेष्ठको भनाई छ । महाधिवेसनमा नेवारी कला, संस्कृतिको विशेष प्रस्तुती रहनेछ । साथै पत्रकार सम्मेलनमा आयोजकले महाधिवेसनलाई आर्थिक, नैतिक, भौतिक सहयोग गर्न सबैलाई अनुरोधसमेत गरेको छ । पत्रकार सम्मेलनमा प्रदेशनम्वर ५ वटा केन्द्रीय उपाध्यक्षका लागि नेवार सेवा समिति दाङका अध्यक्ष दीपक श्रेष्ठले उम्मेदवारी दिनुहुने समितिले जानकारी दिएको थियो । नेवार समुदायको कला संस्कृति जगेना गर्न र समितिलाई यहाँसम्म ल्याउनका लागि महत्वपूर्ण भुमिका खेल्नु भएका समाजसेवि श्रेष्ठले यस प्रदेशबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुनेछ ।
श्रेष्ठलाई सर्वसम्मत उपाध्यक्ष बनाउने गरी तयारी थालिएको समितिले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । साथै महाधिवेसनले आगामी तीन वर्षे कार्यकालका लागि ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । पत्रकार सम्मेलनको सहजीकरण सचिव रोशनमान श्रेष्ठले गर्नुभएको थियो ।