देविराम कुसारी,
दाङ, बैशाख ७ । निर्वाचन शिक्षा दिनका लागि गाउँगाउँ छिरेका निर्वाचन शिक्षा कार्यकर्ताले निर्वाचन शिक्षा कार्यक्रमलाई प्रभावकारी वनाउनका लागि गोठालो गएका किसानलाई समेत निर्वाचन शिक्षा दिएका छन् । स्थानीय तहको चुनाव नजिकिदै गर्दा बस्ती–बस्तीमा निर्वाचन शिक्षाबाट सबैलाई निर्वाचनप्रति उत्साहित गर्ने र मतपत्र बदर हुन नदिने उद्देश्यका साथ शिक्षा कार्यकर्ताले गोठालो, खेतबारी र मेलापातमै गएर निर्वाचनका बारेमा जानकारी दिन थालेका हुन् ।
गाउँगाउँ छिरेका निर्वाचन शिक्षा कार्यकर्ताले अन्तरक्रिया, घरदैलो र पोष्टर टाँस्ने समयमा छुटेका स्थानीय सर्वसाधारणलाई समेट्नका लागि यो उपाय अपनाएको शिक्षा कार्यकर्ताले जानकारी दिएका छन् । यसैबीच साविक गोल्टाकुरी–८ बंगलापुरका गोठालो गएका किसानलाई गोठालो गएकै स्थानमा गएर निर्वाचन शिक्षा प्रदान गरिएको छ । गोठालो गएका स्थानीय पूर्णबहादुर वली, लालबहादुर वली, केदार वलीलगायतलाई निर्वाचन शिक्षा प्रदान गरिएको छ ।
यसरी निर्वाचनका बारेमा जानकारी पाएपछि स्थानीय सर्वसाधारण खुसी भएका छन् । चुनावप्रति आफूहरु आतुर रहेको यो पटकको चुनावमा आफूले राम्रो मान्छेलाई जिताउनका लागि मत रद्द हुन नदिने स्थानीय पूर्णबहादुर वलीले जानकारी दिनुभयो । पूर्णबहादुर जस्तै लालाबहादुर वली र केदार डाँगीले पानी लामो समयपछि हुने निर्वाचनमा आफूहरु जसरी भए पनि भोट हाल्न जाने बताउँदै भोट हाल्ने तरिका सिक्ने बताउनुभयो ।
त्यसैगरी साविक गाल्टाकुरीको द्वन्द्वपीडित समुदायमा निर्वाचन शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नागरिक सचेतना केन्द्रका संयोजक संगीता धौलाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन शिक्षा कार्यकर्ता देविराम कुसारीले मतदान गर्ने तरिका, निर्वाचन आचारसंहितालगायतका बारेमा जानकारी दिनुभएको थियो ।