दाङ, बैशाख १३ । फेरि सशस्त्र युद्ध गर्ने उद्घोष गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङका उपमहानगर, नगर र गाउँपालिकाका कार्यालयमा जनपरिषद्को बोर्ड टाँगेको छ ।
तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका र सातवटै गाउँपालिकाका कार्यालयमा राज्यले राखेका बोर्डमा कालो पोतेर सोमबार राती विप्लव नेतृत्वको नेकपाले जनपरिषद्को ब्यानर टाँगेको हो । जनसत्ता स्थापना गर्ने तयारी स्वरुप ती बोर्ड टाँगिएको उक्त पार्टीले जनाएको छ । बोर्डमा दलाल संसदीय व्यवस्थाको चुनाव खारेज गरौं ! जनसत्तालाई सुदृढ गरौं, लेखिएको छ । विप्लवको पार्टीले स्थानीय तहका कार्यालयमा टाँसेका सबै व्यानर दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार उक्त घटनामा संलग्न भएकाहरुको पहिचानका लागि अनुसन्धान भइरहेको छ । तुलसीपुर उपमहानगरपालिकामा विप्लवको पार्टीले व्यानर टाँसेको थाहा पाएर पनि प्रहरीलाई जानकारी नगराएको भन्दै प्रहरीले निमित्त प्रमुख बरिष्ठ बित्तीय अधिकृत ललितबहादुर घर्तीलाई ईप्रकामा बोलाएर घटनाका बारेमा बयान समेत लियो । घर्तीले घटना भएको राति २ः३० बजे थाहा पाएर पनि प्रहरीलाई खबर नगर्नु आफ्नो कमजोरी भएको बयान दिएको ईप्रका तुलसीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । घटनामा कमजोरी स्वीकार गरी आत्मालोचना गरेकाले कार्वाही प्रक्रिया अघि नबढाइएको उहाँले बताउनुभयो ।