काठमाडौं, बैशाख १ । सरकारले फेरी पनि मधेश केन्द्रीत दललाई आन्दोलनका कार्यक्रम छोडेर सहमितिमा आउनको लागि अनुरोध गरेको छ । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी दलका नेताहरुलाई फोन गरेर सहमतिमा आउन अनुरोध गरेका हुन् ।
अहिलेको सन्दर्भमा संघीयता, गणतन्त्र, समानुपातिक समावेशी, धर्मनिरेपक्षता लगायतका उपलब्धीलाई संस्थागत गर्नको लागि तीन वटै तहको निर्वाचन गर्नुपर्ने भएको भन्दै चुनावमा आउन प्रधानमन्त्रीले मधेशी नेताहरुलाई आग्रह गरेका हुन् ।
मधेशी मोर्चालाई मनाउनको लागि सरकारले नयाँ संबिधान संशोधन विधयक ल्याएको भएपनि मधेशी मोर्चाले सो प्रस्तावलाई समेत नमान्ने र निर्वाचनमा पनि नजाने बताएपछि प्रचण्डले मधेशी मोर्चाका नेताहरुलाई फोन गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले उक्त टेलिफोनमा राजनीतिक शक्तिहरुको एकतामा जोड दिएका थिए । प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो लगायतलाइ हिँजो र आज दुई दिननै फोन गरेका हुन् । तीन वटा तहकै निर्वाचनमा सबै राजनीतिक शक्तिहरु मिलेर जानुपर्ने धारणा प्रधानमन्त्रीले टेलिफोनमा राखेका थिए । उनले अहिले आन्दोलन गर्ने बेला नभएकोले मिलेर अघि बढ्नुपर्ने भन्दै हातेमालो गर्नको लागि मधेशी नेताहरुलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्रीको सचिवालयले मेधेशी मोर्चाका नेता समेत ससमावेश गरेको अनौपचारिक कार्यदलले नयाँ संबिधान संशोधनको मस्यौदा तयार गरिएको दावी गरेको छ । स्रोतका अनुसार कांग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका कृष्णबहादुर महरा, राप्रपाका दीपक बोहोरा तथा मोर्चाका नेताहरु लक्ष्मणलाल कर्ण लगायतका नेताहरु रहेको कार्यदलले नयाँ संशोधनको तयारी गरेको थियो ।
प्रधानमन्त्री दाहालले संघीय आयोग बनाउने कुरामा मधेशी मोर्चाका नेताहरु सहमत भएको कुरालाई टेलिफोनमा स्मरण गराएका थिए । तर मोर्चाका नेताहरुले चाहिँ आफूहरुको अडान कायमै रहेको जवाफ दिएका छन् ।