मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं,  बैशाख १ । संविधान संशोधनको नयाँ प्रस्तावले अपेक्षाकृत राजनीतिक सहमतिको वातावरण नबनेपछि निर्वाचनबारे अन्योल कायमै छ।

सरकार र निर्वाचन आयोगले वैशाख ३१ मा निर्वाचन हुने बताइरहेका छन्। तर निर्वाचनका लागि ३० दिन बाँकी रहँदासम्म त्यसका लागि आवश्यक राजनीतिक माहोल बनिसकेको छैन। आयोगले चैत २५ भित्रै राजनीतिक सहमति जुटाएर आवश्यक निर्णय लिन सरकारलाई आग्रह गरेको थियो। उक्त अवधि गुज्रेको पनि एक साता भइसकेको छ। सरकारले मंगलबार व्यवस्थापिका संसदमा दर्ता गराएको नयाँ संशोधन प्रस्तावले सहमतिको वातावरण बनाउने अपेक्षा गरिए पनि मधेसी मोर्चा आन्दोलित बनेपछि अन्योल बढेको हो।

आयोगले वैशाख ३ देखि सबै जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतका कार्यालय घराउको कार्यक्रम राखेको छ। त्यही दिन मोर्चाले जिल्ला निर्वाचन कार्यालय घेराउको कार्यक्रम राखेको छ ्र  प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भयरहित शान्तिपूर्ण निर्वाचनको माहोल सरकारले बनाउनुपर्ने बताए। कान्तिपुरमा खबर छ ।

Abroad Study
«
Next
»
Previous