दाङ, बैशाख २७ । प्यूठानमा अपाङ्गमैत्री सरकारी भवन बन्न सकेका छैनन् । जिल्लाका सरकारी भवनहरूको डिजाइन नै अपाङ्गमैत्री हुनेगरी नगरिएकाले यस्ता भवन बन्न नसकेको बताइएको छ ।
सदरमुकाम खलङ्गामा हालै भएको ‘अपाङ्गतामैत्री भौतिक संरचनामा देखिएको समस्या र समाधान’ विषयक अन्तरक्रियामा सरोकारवालाहरूले अब बन्ने सरकारी भवनहरू अपाङ्गमैत्री हुनुपर्ने धारणा राखेका थिए ।
जिल्लामा अपाङ्गता भएकाहरूको क्षेत्रमा काम गर्ने महिला तथा बालबालिका कार्यालयसमेत अपाङ्गमैत्री बन्न नसकेको महिला विकास अधिकृत विष्णु आचार्यले बताइन् । ‘कार्यालयको भवन २०६९ सालमा डिजाइन गर्दा अपाङ्गमैत्री भवन भनेर उल्लेख नगरिएकाले पनि सोअनुसारको बन्न नसकेको हो,’ उनले भनिन् । हाल अपाङ्गमैत्री भवन बनाउन उपयुक्त बजेटको व्यवस्था नभएको उनको भनाइ छ ।
जिल्लामा हाल नयाँ संरचनाअनुसार नापी, मालपोत, कृषि, घरेलु, नगरपालिकालगायत भवन अपाङ्गमैत्री बन्न लागेका छन् । तर, जिल्लामा जिविस, प्रशासन, स्वास्थ्यलगायतका भवन अपाङ्गतामैत्री छैनन् ।
गोष्ठीका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जिल्लाका सरकारी कार्यालयमा अपाङ्गमैत्री भवन बनाउन सम्बन्धित निकायमा निर्देशित दिइने बताए । जिल्लामा भौगोलिक कठिनाइका कारण पनि अपाङ्गमैत्री भवन बन्न नसकेको उनले जिकिर गरे । हाल अपाङ्गताको क्षेत्रमा काम गर्ने निकायमा अपाङ्गमैत्री भौतिक संरचना बनेको उनको भनाइ छ ।
अभियानबाट