दाङ, बैशाख २७ । रोल्पाका पशुपालक कृषकमा बीमाप्रति आकर्षण बढ्दै गएको छ । जिल्लामा हालसम्म ३ सय ९३ कृषकले १ हजार १ सय २६ पशुमा बीमा गरेको जिल्ला पशुसेवा कार्यालयले बताएको छ ।
यसरी बीमा भएका पशुमा ५७ किसानका ६७ ओटा गाई, २६ किसानका २९ ओटा भैंसी, नौ किसानका १६ ओटा गोरु, २ सय ९६ किसानका १ हजार तीन बाख्रा, तीन किसानका तीन भेडा र दुई किसानका आठ बङ्गुर रहेको कार्यालयका पशु चिकित्सक निमबहादुर सिंहले जानकारी दिए । विभिन्न प्राकृतिक प्रकोप तथा रोगबाट पशु मरेमा बीमाको ९० प्रतिशतसम्म रकम किसानले पाउने हुँदा जिल्लाका साविक शिर्प, उवा र थवाङबाहेक सबै गाविसका किसानले पशुबीमा गरेका सिंहले बताए ।
हालसम्म जिल्लामा बीमा गरेका ११ पशु मरेको र त्यसको बीमा रकम किसानले पाइसकेको उनको भनाइ छ । पशु बीमाको अवधि १ वर्ष हुने बताइएको छ ।
बालीबीमामा अनभिज्ञता
जिल्लामा बाली बीमाप्रति भने किसानको अझै आकर्षण देखिएको छैन । कृषकको उत्पादनको सुरक्षालाई सुनिश्चितता गर्नेगरी सरकारले बीमा कार्यक्रम लागू गरे पनि जिल्लामा हालसम्म एकजनाले पनि बीमा नगरेको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए । ‘बाली बीमाको फाइदाबारे किसानलाई जानकारी नहुँदा आकर्षण नभएको हुन सक्छ,’ उनले भने, ‘निकट भविष्यमा नै बाली बीमाबारे जानकारी गाउने सोच बनाएका छौं ।’
जिल्लाका गैरीगाउँ र बुढागाउँका कृषकले गोलभेँडामा र जिनावाङका कृषकले स्याउखेतीमा बीमा गर्न थालेकाले धेरैभन्दा धेरै कृषकलाई बीमाको पहुँचमा ल्याउनेगरी काम गर्ने अधिकृत श्रेष्ठले बताए ।