मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

चितवन, असार २९ । नारायणगढको कलश होटलमा तीन दिन अघि एक युवतीको हत्या गरी फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय चितवनले मङ्गलबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गुम्दी गाविस–९ धादिङका २६ वर्षीय हेमबहादुर थापा रहेका छन् । उनलाई हिजो दिउँसो धादिङमा पक्राउ गरी राति चितवन ल्याइएको प्रहरीले जनाएको छ ।

निजले भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रिता भुजेललाई असार २६ गते नारायणगढस्थित कलश होटलमा हत्या गरेको प्रहरीको अभियोग छ ।  सो होटलमा भुजेलसँगै बसेका थापाले हत्या गरी फरार भएको प्रहरीले दाबी गरेको छ । पक्राउपछि अभियुक्तले सुरुमा मुसा मार्ने विष मिसाएर खुवाएको र पछि छट्पटिन थालेपछि सलले घाँटी बाँधेर हत्या गरेको स्वीकारेको प्रहरीले दाबी गरेको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post