मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

महोत्तरी, असार २८ । महोत्तरीको बिजलपुरा–१ जुडीकी ३० वर्षीया भागकुमारी देवीले आफ्नो श्रीमान्लाई हतकडी लगाएर राखेकी छिन् ।

भाग कुमारीले आफ्ना ३३ वर्षीय श्रीमान् बलिराम सिंहलाई अढाइ वर्षदेखि फलामे सिक्रीले हातमा बाँधेर राख्दै आएकी हुन् । सिंहको शरीरमा माघको कठाङ्गिँ्रदो जाडो होस् या वैशाखको गर्मी उनको शरीरमा एउटा गन्जीबाहेक अरु लुगा हुँदैन । उनको शरीरमा गन्जी लगाउन समेत भागकुमारीलाई समस्या नै हुन्छ ।

हातमा लगाइएको हतकडीले गर्दा बलिरामको शरीरमा गन्जीको माथिल्लो भाग च्यातिने भएकाले काँधमा नखुस्किने गरी गाँठो पार्नुपर्छ । घरपरिवारले उनलाई कुनै रहरले हतकडी लगाएका होइनन्, बाध्य भएर लगाएका हुन् ।

एघार वर्षदेखि मानसिक रोगबाट पीडित बलिरामले आफ्ना ६० वर्षीय बुबा खेहरु सिंहलाई लठ्ठीले हिर्काएर टाउको फुटाइ दिएका थिए । समुदायमा दानवीय व्यवहार देखाउन थालेपछि बलिरामको हातमा हतकडी लगाइएको हो ।

बलिरामको कुटाइबाट उनका बुबा खेहरु गम्भीर घाइते भएका थिए । अढाइ वर्षअघि रु ११ लाखमा एक बिगाह खेत बेचेर उनको बुबाको उपचार गरियो, तर पूर्णरुपमा निको भने भएको छैन ।

बलिरामकै उपचारमा पनि झन्डै रु १० लाख खर्च भइसकेको उनकी श्रीमती भागकुमारी देवी बताउँछिन् । मानसिक रोगबाट पीडित सिंहले डाक्टरको सल्लाहबमोजिम औषधि खान मान्दैनन्, जसले गर्दा उनी पहिलेको अवस्थामा फर्किन सकेका छैनन् ।

तीन छोरी र एक छोराको बाउ रहेका बलिरामको घर परिवारमा पुरुष मान्छे अभिभावक नहुँदा घरपरिवारलाई घर व्यवहार धान्न हम्मेहम्मे परेको छ ।

बलिरामले बुबालाई कुट्दा उपचारमा खर्चिएको रु तीन लाख अझै कर्जा छ । क्षणमै रिसाउने, कराउने, मान्छेलाई देख्न नसक्ने, घरमाथि, मान्छेमाथि ढुङ्गा फ्याल्ने जस्ता कार्यबाट घर परिवारका सदस्य आजित भइसकेका छन् ।

रातिराति हिँड्नेलगायतका कार्यले गर्दा घर परिवार मानसिक दबाबमा छन् । कक्षा १० सम्म पढेका बलिराम अहिले मानसिक रोगबाट पीडित भएपछि घर न घाटका भएका छन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post