मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, असार ३१ । दाङमा होन्डा कम्पनीको मोटरसाइकल बिक्रेता अम्विकेश्वरी अटोमार्टले होण्डा कम्पनीले उत्पादन गरेका हरनेट १६० र सीडी ११० सीसीका दुईवटा मोटर साइकल बिक्रिका लागि सार्वजनिक गरेको छ ।

भारतीय कम्पनी होण्डाले पछिल्लो समय तीन महिना अघि हर्नेट र तीन दिन अघि सीडी होन्डा मोटरसाइकल नेपालमा भित्रिएको अम्विकेश्वरी अटोमार्टका प्रोप्राइटर दिपेश भण्डारीले जानकारी दिनुभयो ।
अन्य कम्पनीका मोटरसाइकल भन्दा हर्नेट, सुविधायुक्त र पहाडी इलाकामा चलाउँदा जमिनले नछुने विशेषता भएकाले भण्डारीले बताउनुभयो । युवावर्गको मागलाई मध्यनजर गरी भित्रिएको हरनेट मोटरसाइकलको ५ गिएर र प्रतिलिटर ६० किलोमिटर माइलेज दिने जनाइएको छ ।
ट्यूवलेस टायर भएको हर्नेट वाइकको टयाँकी १२ लिटर क्षमतामा रहेको छ । यसको माग नेपालका प्रमुख सहरहरुमा अत्यधिक रहेको कम्पनीले दाबी गरेको छ ।
त्यस्तै बजारका क्षेत्रका लागि सीडी मोटरसाइकल पनि प्रयोगका लािग उपयुक्त भएको अम्विकेश्वरी अर्टोमार्कका सञ्चालक जीवराज खरेलले बताउनुभयो । उहाँका अनुसार हर्नेटको बजार मुल्य २ लाख ६० हजार ९ सय र सिडीको १ लाख ६५ हजार ९ सय रुपैया रहेको छ । यसैबीच बिक्रीका लागि सार्वजनिक गरिएका मोटरसाइकललाई तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष विमल रिजालले स्टार्ट गरेर सार्वजनिक गर्नुभएको हो । सो अवसरमा तुलसीपुरनगर जेसीजका अध्यक्ष सूर्यप्रसाद शर्मा , रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मीलगायतले बोल्नुभएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post