मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

घोराही, असार ३१ । दाङ देउखुरी भुसे इट्टा व्यवसायी समितिको अध्यक्षमा गोविन्द गिरी चयन हुनुभएको छ ।
समितिको शुक्रबार घोराहीमा भएको प्रथम अधिवेसनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा रमेश वली, सचिवमा हरिप्रसाद बुढाथोकी, स ह–सचिवमा प्रविण सिंह, कोषाध्यक्षमा रञ्जितजंग चौधरी रहनुभएको छ ।
त्यस्तै समितिको सदस्यहरुमा खगेन्द्र पुन, मित्रलाल जिरी, खगेन्द्र अधिकारी, देवप्रसाद चौधरी हुनुहुन्छ भने सल्लाहकारहरुमा रामप्रसाद विश्वकर्मा, मग्घुलाल चौधरी, मधुसुदन केसी रहनुभएको छ ।
समितिका अध्यक्ष रामप्रसाद विश्वकर्माको अध्यक्षतामा एवं घरेलु तथा साना उद्योग कार्यालय दाङका सुचना अधिकृत बामदेव शर्माको प्रमुख आतिथ्यता तथा नेपाल भुसे इट्टा व्यवसायी महासंघका महासचिव रमेश वलीको विशिष्ट आतिथ्यतामा अधिवेसनको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले जिल्लामा सञ्चालित ७४ वटा भुसे इट्टा उद्योगमध्ये २५ वटाले मात्र बैधानिकता पाएको जानकारी दिनु भयो ।
उहाँले दर्ता विना सञ्चालनमा रहेका भुसे इट्टा उद्योगहरुलाई कानुनी दायरामा ल्याउन पहल गरिने र यदि अटेर गरेमा स्थानीय प्रशासनको सहयोग लिएर इट्टा उद्योग बन्द गराइने चेतावनी दिनुभयो । कार्यक्रममा समितिका कोषाध्यक्ष गोविन्द गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा समितिका कोषाध्यक्ष गिरीले आर्थिक प्रतिवेदन र सचिव हरिप्रसाद बुढाथोकीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post