मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौँ, असार २९ । प्राडा गोविन्द केसी अनशन बसेको चौथो दिन बित्दा पनि सम्बन्धित निकायबाट ठोस प्रतिक्रिया नआएको भन्दै नेसनल रेजिडेन्ट डाक्टर्स एसोसियसनले आजदेखि हातमा कालोपट्टी बाँधेर काम गर्न थालेका छन् ।

एसोसियसनमा आवद्ध चिकित्सकले डा केसीले उठाएका माग पूरा गर्न सरकारले कुनै पहल नगरको भन्दै आन्दोलनको घोषणा गर्नुपरेको एसोसियसनका अध्यक्ष डा लिजन महर्जन र सचिव डा सचित शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

डा केसी आइतबारदेखि टिचिङ अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारको माग राख्दै आठौँ पटक अनशन बस्नुभएको छ । राष्ट्रिय चिकित्सक सङ्घ र राष्ट्रिय मावनअधिकार सङ्गठनले पनि केसीले उठाएका माग जायज भएको भन्दै समर्थन जनाएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post