मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

सोलुखुम्बु, असार २९ । सोलुखुम्बुका १२ वटा गाविस प्राकृतिक विपद् (पहिरो)को उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् पूर्वतयारी योजना समिति सोलुखुम्बुका अध्यक्ष एवम् सहायक प्रमुख जिल्ला अधिकारी पङ्कज भुर्तेलका अनुसार जिल्लाका १२ वटा गाविस पहिरोको उच्च जोखिममा रहेका हुन् ।

दैवी प्रकोपको जोखिमलाई न्यूनीकरण गर्न योजना बनाउनका लागि गरिएको अध्ययनअनुसार जिल्लाका विभिन्न गाविसलाई उच्च, मध्यम र न्यून जोखिम क्षेत्रका रुपमा वर्र्गीकरण गरिएको छ । अध्ययन प्रतिवेदनअनुसार जिल्लाको भकाञ्जे, चौलाखर्क, वाकु, काँकु, बुङ्ग, देउसा, गुदेल, जुवु, सल्यान, तिङ्ला, सोताङ्ग र मुक्लीका विभिन्न वडा पहिरोको उच्च जोखिममा रहेका छन् । ती उच्च जोखिमयुक्त क्षेत्रमा १६ हजारभन्दा बढी जनसङ्ख्या रहेको छ ।

जिल्ला तहमा आपत्कालीन समयमा काम गर्नका लागि सूचना, समन्वय, खोज तथा उद्धार, खाद्य संरक्षणलगायत गरी आठवटा क्लस्टर निर्माण गरिएको भुर्तेलले बताउनुभयो । कतै बाढी गएमा ती क्लस्टर आफ्नो जिम्मेवारी निर्वाहका लागि तत्कालै सक्रिय हुने उहाँको भनाइ छ । रासस

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post