मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

चीनले साउथ चाइना सी माथीको लडाई हारेको छ। हेग स्थित इन्टरनेशनल कोर्ट अफ आर्बिट्रेशनले मंगलबार साउथ चाइना सी माथी चीनको कुनै हक नभएको बताएको छ।
चीनले साउथ चाइना सीको करिब ९० प्रतिशत हिस्सा आफ्नो दाबी गर्दै आएको थियो। यो केशमा पिटिशन दर्ता गराएको फिलिपिन्सको आरोप थियो कि कूटनीतिक तवरले महत्वपूर्ण मानिएको यो क्षेत्रको स्रोत साधन चीनले जरुरत भन्दा बढी प्रयोग गरेको छ।

चीनले भने अदालतको यो फैसला मान्न इन्कार गरेको खबर अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अमेरिकाले अदालतको फैसला अन्तिम भएको भन्दै चीनले मान्नु पर्ने बताएको छ।

चीनले बिस्तारै बिस्तारै साउथ चाइना सी माथी आफ्नो कब्जा जमाउदै आएको थियो। साउथ चाइना सीमाथी बढेको चीनको दबदबा विरुद्ध अमेरिकाले लगातार विरोध गर्दै आएको छ। चीन र अमेरिका दुवै देश साउथ चाइना सीलाई लिएर चर्को कसरत गर्दै थिए।

सन् २०१३ मा फिलिपिन्सले इन्टरनेशनल कोर्टमा चीन विरुद्ध मुद्धा दर्ता गराएको थियो। पछिल्लो ६७ वर्षमा चीनले साउथ चाइना सीको ८५ प्रतिशत हिस्सा कब्जा गरिसकेको फिलिपिन्सको दावी रहदै आएको छ।

पहिलो पटक कानुनी प्रक्रिया
साउथ चाइना सीको मुद्दालाई लिएर यो पहिलो कानुनी एक्सन अगाडी आएको हो। अन्तराष्ट्रिय अदालतले सन् १९८२ मा बनेको यूएन कन्भेशन अन ल अफ द सी (UNCLOS) को आधारमा फैसला सुनाएको हो।

के थियो विवाद?
साउथ चाइना सीको लगभग ३५ लाख वर्ग किलोमिटर क्षेत्र विवादित छ। यसमाथी चीन, फिलिपिन्स, भियतनाम, मलेसिया, ताइवान र ब्रुनेई दाबी गर्दै आएका छन्। साउथ चाइना सीमा तेल र ग्यासको ठूलो भन्डार दबेर रहेको छ। अमेरिकाको अनुसार यो इलाकामा २१३ अरब ब्यारेल तेल र ९०० ट्रिलियन क्यूबिक फिट प्राकृतिक ग्यांसको भन्डार छ। यो समुन्द्रको बाटो भएर हरेक वर्ष करिब ७ ट्रिलियन डलरको व्यावसाय हुन्छ।

२९ असार, एजेन्सी।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post