मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, असार २७ । कांग्रेस महामन्त्री डा. शशांक कोइराला विरामी परेपछि त्यसको कांग्रेसभित्र तत्कालीन राजनीतिक असर देखा परेको छ । त्यो असर हो खमबहादुर विद्रोही भेला ।
 डा. शशांक विरामी भएको बहाना देखाएर सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनमा झन ढिला गर्ने, रात रहे अग्राख पालए हुने, उपसभापति बन्न नपाइने कारण देखेपछि खुमबहादुर खड्काले २०७३ असार २५ गते विद्रोही भेला राखेका हुन् ।

खुमबहादुर विद्रोही भेलाले सभापति देउवालाई एउटा घातक सन्देश दिएको छ प्रधानमन्त्री बन्न दिन्नौ । पार्टी उपसभापति मनोनित हुन लालायित र यही सर्तमा देउवालाइ सभापति बन्न सघाएका खुमबहादुरले २०७३ असार २५ गते शनिबार पाटनमा विद्रोही भेला राखेका हुन् ।

भेलाको उद्धेश्य थियो खुमबहादुरलाइ सभापति बनाइदैन भने सुखसँग बसिखान दिदैनौं भन्ने । भेलामा खुमबहादुरले अहिले सरकारमा जाने होइन, प्चण्ड नेतृत्व मान्ने होइन भन्ने विचार दिएका छन् । यो विचार शेरबहादुरलाई सरकारमा जान या सरकारको भित्री लगाम समाउन नदिने आशयको छ ।

सभापति जित्नासाथ उपसभापति बनाउने वचन दिएका देउवाले खुमबहादुरलाई चार महिनासम्म झुलाएर राखे । खुमबहादुरको धैर्यको बाँध टुट्दै थियो, यसैबीच शशांक विरामी परे । शशांक विरामी परेको बहनामा देउवाले अझै झुलाउँछन् भन्ने बुझेपछि खुमबहादुरले हतार हतार भेला बोलाएको बुझिएको छ । आजको साँघु साप्ताहिकमा समाचार छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post