मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आएका नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। दिउँसो ३ बजेसम्म प्रधानमन्त्रीबाट राजीनामा नआए संसदमा अविश्वास प्रस्ताव पेश गर्ने ती दलले आज बिहान निर्णय गरेका थिए। उनीहरुलाई संसदमा प्रतिनिधत्व गर्ने नेकपा संयुक्तले पनि साथ दिएको छ।

तीन वटा दलका २ सय ५४ सांसदले सो प्रस्तावमा हस्ताक्षर गरेका छन्। जसको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन् भने कांग्रेस सभापति शेरबहादुर देउवा समर्थकमा रहेका छन्। यो प्रस्ताव पेश भएको सातौं दिनमा छलफल हुने व्यवस्था रहेको व्यवस्थापिका संसदका महाचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए।  प्रस्ताव दर्तापछि कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सरकार अल्पमतमा परिसकेकाले प्रधानमन्त्रीले कुर्सी ओगटिरहनु आवश्यक नभएको प्रतिक्रिया दिए।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post