दाङ असार ३० । गोरखा उच्च मावि घोराही दाङमा बिहीबार कक्षा ११ का व्यवस्थापन संकायका विद्यार्थीहरुका लागि पूर्व जानकारी कक्षा सञ्चालन गरिएको छ । कक्षा ११ को व्यवस्थापन संकायका विद्यार्थीहरुका लागि नियमित कक्षा सुरुवात हुनुपूर्व यस्तो कक्षा सञ्चालन गरिएको हो ।
व्यवस्थापन विषयको क्षेत्र, व्यवस्थापन विषय किन र केका लागि पढ्ने ? व्यवस्थापन विषयको सम्भावना र चुनौतिलगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । कार्यक्रममा उच्च माविका प्राचार्य मानसिंह बुढाले गोरखाका उच्च माविको चिनारी, सफलता तथा नीति नियमका बारेमा जानकारी गराउनुभएको थियो ।
व्यवस्थापन संकायका संयोजक एम.बि. केसीले व्यवस्थापन विषयका सम्भावना र यस विषयमा विद्यार्थीको आकर्षण बढ्नुका कारणबारे चर्चा गर्नुभएको थियो । प्राध्यापक आदिम केसीले व्यवस्थापन संकायमा नेपाली भाषाको महत्व तथा विद्यार्थीहरुलाई कसरी सामाजिकीकरण गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पार्नुभएको थियो । प्राध्यापक केवि चौधरीले सकारात्मक कार्यमा विद्यार्थीको अग्रसरताका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा प्राध्यापक शंकर धिताल, सुधिर पोख्रेल, सुरज न्यौपाने लगायतले बोल्नुभएको थियो । प्राचार्य मानसिंह बुढाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संयोजक एम. बि. केसीले गर्नुभएको थियो ।