मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं,  असार ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थको लागि सरकार परिवर्तन हुनु राम्रो नभएको टिप्पणी गरेका छन् ।

रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको आयोजनामा बिहीबार काठमाडौमा आयोजना गरिएको राष्ट्रिय सुरक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले कुनै पार्टी सरकारबाट बाहिरिने वित्तिकै भोज खाएर उफ्रिने प्रवृतिले चित्र स्पष्ट पारेको बताए ।

प्रधानमन्त्री ओलीले संविधानअनुसार सरकार परिवर्तन हुने दाबी समेत गरे । तराई आन्दोलनप्रति लक्षित गर्दै उनले संविधानले कसैलाई विभेद नगरेको बताए । संविधानमा पुर्नलेखन भन्ने प्रावधान नभएकाले संशोधन गर्न मात्र सकिने उनले बताए ।

ओलीले छिमेकीसँगको मित्रताको नाममा राष्ट्रिय सुरक्षा कमजोर पार्न नसकिने धारणा पनि उनले राखे । ओलीले राष्ट्रिय सुरक्षा नीति पार्टी र व्यक्तिको नभई सबैको साझा भएको टिप्पणी गरे ।

कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले बेला बेलामा मुलुकको हितका लागी राष्ट्रिय सुरक्षा निति पनि परिमार्जन गर्दे अघि बढ्नुपर्नेमा जोड दिए ।
गोष्ठीमा राप्रपा अध्यक्ष लोकेन्द्रबहादुर चन्द, एमाले नेता माधवकुमार नेपाललगायतले सुरक्षा नीतिको अवस्थाका बिषयमा चर्चा गरेका थिए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post