मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, असार ३० । विद्यार्थीमाथि ठगी गरेको पुष्टि भएपछि महानायक राजेश हमालले आफू ‘ब्राण्ड एम्बेसडर’ रहेको इनोभेटिभ नेपाल एजुकेशन कन्सलटेन्सीबाट सम्बन्ध टुटाएका छन् ।

हमाल इनोभेटिभको ब्राण्ड एम्बेसडर बनेपछि इनोभेटिभका सञ्चालक कपिल बर्माले विद्यार्थीमाथि ठगी गर्ने र विभिन्न व्यक्तिबाट उठाएको पैसा मिटर व्याजमा लगानी गर्ने धन्दा नै चलाएका थिए ।

आफ्नो नाम बेचेर गैर कानुनी धन्दा चलाएको थाहा पाएपछि महानायक हमालले इनोभेटिसँग कहिल्यै पनि नजोडिने गरी सम्बन्ध टुटाएका हुन् । हमालले अब देखि आफ्नो नाम नबेच्न इनाभेटिभलाई चेतावनी समेत दिएको स्रोतले जनाएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

मुलुकका गहनाका रुपमा परिचित सेलिब्रेटीहरुलाई नै ब्राण्ड एम्बेसडर बनाएर ठगी धन्दा गर्न थालेपछि इनोभेटिभ जस्ता कन्सलटेन्सीहरुको एकातिर विश्वसनियता त गुम्दै गएको छ नै अर्कोतिर सेलिब्रेटीहरुको समेत बद्नाम हुन थालेको छ ।

इनोभेटिभका सञ्चालक बर्माले ठगी मुद्दामा महानगरिय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ओमकार गु्रपका सञ्चालक सनिष मिश्रलाई १० करोड भन्दा बढी रकम लगानी गरेको पनि खुलिसकेको छ ।

वर्माले काभ्रे जिल्ला माओवादी केन्द्रका अध्यक्ष कसम गुरुङसँग २ करोड तथा प्रहरीका वहालवाला केही निरीक्षकको करोडौं रुपैयाँ व्याजमा लिई मिश्रलाई लगानी गरेको स्रोतको भनाई छ ।

अहिले मिश्रको कार्यालयमा पैसा दिएका व्यक्तिहरु फिर्ता माग्न जाँदा बाहिर हल्ला नगर्नुहोस्, म समयमै फिर्ता गर्छु भन्दै झुलाउने गरेको एक पीडितले बताए ।

आफ्नो असली धन्दा बाहिर आएपछि केही अन्धभक्त पत्रकारलाई खण्डन छाप्न लगाई पत्रकारिताको पाठ सिकाउने बर्माको सक्कली अनुहार दुई साता अघि महानगरिय प्रहरी परिसर काठमाडौंमा देखिएको थियो ।

जुन कुरा इक्यानका महासचिव देखि अधिकांश सदस्यहरुलाई समेत थाहा छ । विद्यार्थीबाट विभिन्न बहानामा उठाएको पैसा फिर्ता नगरेपछि बर्मा विरुद्ध इक्यान र परिसरमा उजुरी परेको थियो ।

बर्माले अमेरिकामा रहेका विकाश सुनुवार र विजय श्रेष्ठलाई ट्युसन फि तिर्नुप¥यो भन्दै विद्यार्थीका आफन्तसँग ८ लाख ६६ हजार रकम लिएर कलेजमा नपठाई ठगी गरेको भन्दै उजुरी परेको थियो ।

त्यस्तै, साजन भण्डारी नामका अर्का विद्यार्थीसँग अष्ट्रेलियामा कलेजको इन्स्योरेन्सको रकम तिरिदिन्छु भन्दै ३ लाख ४४ हजार रकम लिएर इन्स्योरेन्स नगरेपछि ठगिएको भन्दै भण्डारीले पनि उजुरी गरेका थिए ।

प्रमिला श्रेष्ठ, कुमारी श्रेष्ठ र साजन भण्डारीले परिसरमा उजुरी दिएपछि प्रहरीले बर्मालाई पक्राउ गरी पीडित विद्यार्थीको पैसा फिर्ता गर्ने शर्तमा सहमती गराई दैनिक हाजिरीमा छाडेको छ ।

विद्यार्थीबाट सम्पर्कविहिन भएपछि परिसरको टोलीले बर्मालाई पक्राउ गरी सहमति गराएर हाजिरीमा छाडेको थियो । त्यस्तै, इक्यानले पनि आन्तरिक रुपमा छानविन गरिरहेको छ भने इनोभेटिभको सदस्यता समेत खारेज गर्ने तयारी गरिरहेको छ ।

यसरी महानायक राजेश हमाल जस्तो व्यक्तित्वलाई ब्राण्ड एम्बेसडर बनाई ठगी धन्दा मच्चाउने इनोभेटिभ जस्ता कन्सलटेन्सीका कारण विद्यार्थीहरु झनै अन्यौलमा परेका छन् ।

तर, आफ्नो गलत धन्दा लुकाउन झुटो पत्रकारिता र गलत समाचार सम्प्रेषण गरेको जस्ता आरोप लगाउने बर्माका कारण सोझा सिधा विद्यार्थीहरु मर्कामा पर्ने निश्चित छ ।
- See more at: http://www.dainiknepal.com/2016/07/168315.html#sthash.FdUqIzUe.J4RIaWsI.dpuf

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post