३० असार, काठमाडौं । प्रमुख सत्ता साझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी ओलीले राजीनामाको सट्टा अविश्वासको प्रस्तावको सामना गर्ने बाटो राजेका छन्। Kp oli 311471415
ओलीले राजीनामा नदिने संकेत पाएपछि कांग्रेस र माओवादी केन्द्रले बुधबार संसदमा अविश्वास प्रस्ताव दर्ता गरेका छन्। अल्पमतमा परिसकेपछि राजीनामाको सट्टा ओली किन अविश्वासको प्रस्तावको सामना गर्ने निष्कर्षमा पुगे? यसका पछाडि केही कारण छन्।
संसद्मा विश्वासको मत आर्जन गरेर सरकारलाई निरन्तरता दिन सकिने सम्भावना देखेर ओलीले राजीनामा नदिएका होइनन्। जति गरे पनि आफ्नो पक्षमा बहुमत नपुग्ने उनले राम्ररी बुझेका छन्। तर उनी आफ्नो सरकारको औचित्य संसद्मा पुष्टि गराउन चाहन्छन्। त्यसैले राजनीतिक वक्तव्यबाट समर्थन फिर्ता लिएको विषय संसदीय प्रक्रियामा प्रवेश गरोस् भन्ने उनको मनसाय छ।
संसद्मा प्रवेश गराएपछि अविश्वास प्रस्तावमाथि बहस हुन्छ। उक्त बहसमा दुवै पक्षका सांसदहरूले आफ्नो कुरा राख्न सक्छन्। यस्तो अवस्थामा सरकारको औचित्य पुष्टि गर्न संसद् गतिलो ‘प्लेटफर्म’ हुने भएकाले ओलीले त्यसलाई प्रयोग गर्न चाहेका हुन्।
अविश्वासको प्रस्ताव आउनुको कारणलाई संसदीय प्रक्रियाबाटै खण्डन गर्न पनि ओली यसको सामना गर्ने निष्कर्षमा पुगेका हुन्। आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।