काठमाडौं, असार २९ । सरकार परिवर्तनको विषयमा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया अाएका छन्।
बाबुराम भट्टराई– सरकार गिराउने बनाउने पुरानै खेलको नयाँ संस्करण सुरु हुँदा क्षणिक दलगत लाभहानीको सट्टा स्थिरताका निम्ति राष्ट्रपति प्रणालीमा जानेबारे सोच्ने कि ?
नयनराज पाण्डे– नेता र पार्टीहरुको जनताप्रतिको अनुत्तरदायी प्रवृत्ति फेरिए पो फेरियो भन्नु । सरकार फेरेको र छिमेकी बाजेले कछाड फेरेको हाल मेरा लागि दुवै अर्थहीन ।
गुणराज लुँटेल– माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता गरेपछि हुने सत्ताको खेलमा मुलुक प्रवेश गरेको छ । सरकार नयाँ बने पनि जनतामा निराशा पुरानै हुनेछ ।
मनोज गजुरेल– कांग्रेसले पनि एक महिना चारो छरेर अर्को महिना डोकोले छोप्ने नै हो, तर पनि हामी सरकार छोड्न पर्ने गोल चक्करमा पुगेका छौं ।
दिपकराज गिरी– आजतक सुल्तान के सामने कोही नही टिक पाया, तो यह सरकार कैसे टिकेगा ? उधर सुल्तान आया, इधर सरकार गिर गया....नेपाल नै सुल्तानोका राज जो है..