मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

सुरेन्द्र जिसी
प्राचार्य पव्लिक ज्ञानज्योति उच्चमावि तुलसीपुर दाङ,
राष्ट्रिय परीक्षा वोर्डले भर्खरै सार्वजनिक गरेको कक्षा १२ विज्ञान संकायको नतिजामा तुलसीपुरमा रहेको पव्लिक ज्ञानज्योति उच्चमाविले मध्यश्चिम प्रथम र द्वितीय दुवै स्थान हासिल गरेको छ । बिगतदेखि नै मध्यपश्चिममै उत्कृष्ट नतिजा ल्याउँदै आएको यस उच्चमाविको सफलताको रहस्यका वारेमा कलेज प्राचार्य सुरेन्द्र जिसीसँग गरिएको कुराकानी ।

फेरि पनि ज्ञानज्योति मध्यपश्चिम पहिलो भएको छ, के छ कारण ?
ज्ञानज्योतिले बिगतदेखि नै यस क्षेत्रमा अग्रणी भुमिका खेलिरहेको छ । हामीले बिगतदेखि नै यस क्षेत्रको शैक्षिक गुणस्तर अभिबृृिद्धका लागि नयाँ सोच र दृष्टिकोणले काम गरिहेका छांै । शिक्षा क्षेत्रमा स्थापित हुने हो भने नयाँ सोचका साथमा अगाडि नबढेर कामै छैन । यसका लागि नयाँ गोरेटो बनाएर अगाडि बढ्नु आवश्यक छ । उच्च तहमा अध्ययन गर्ने विद्यार्थीको मनोविज्ञान बुझेर काम गर्यो भने मात्र लक्ष्यमा पुग्न सकिन्छ । निरन्तर रुपमा काम ग¥यो भने सफलता आफै हात पर्छ । हामी आफ्नै पाइलामा टेकेर अगाडि बढेका कारणले गर्दा प्रारम्भिक दिनमा केही संघर्ष अवश्य गर्नुप¥यो । तर, पनि हामीले कहिल्यै थकाइको महसुस गरेनांै । ज्ञानज्योतिले अहिले जुन स्थान हासिल गरेको छ त्यो आफ्नै कारणले हासिल गरेको हो । जस्तोसुकै परिस्थितिमा पनि अडिग भएर अगाडि बढ्ने हाम्रो स्वभावका कारणले गर्दा पनि हामीले निरन्तर सफलता हात पारेका हांै । गुणात्मक शिक्षाका लागि निरन्तर क्रियाशिल शिक्षकसँगै अत्यन्त मिहिनेत गरेर अध्ययन गर्ने विद्यार्थी र हामीलाई विश्वास गर्ने अभिभावक नै यो सफलताका कारणहरु हुन् ।
यो सफलताले चुनौति थप्यो नि है ?
अवश्य पनि तपाईँले भनेजस्तै सफलताले चुनौति पनि बोकेर आएको हुन्छ । अब हेर्नुस् हामी स्थापना कालमै मध्यपश्चिम उत्कृष्ट भयांै जसले गर्दा त्यो इतिहासको पुनरावृत्ती गर्ने अभिभारा हाम्रो काँधमा आयो । हामीले निरन्तर सफलता पाउनुको मुख्य कारण भनेको पनि यही चुनौतिलाई सामना गर्ने सामथ्र्य नै हो । उचाईमा पुग्नु भन्दा त्यस उचाइमा यथावत रहनु मुख्य चुनौति हो । हरेक वर्ष हाम्रा चुनौतिका वर्ष हुन्छन् । फेरि चुनौति सँग खेल्नु पनि एक प्रकारको आनन्द हो । चुनौतिले नै हामीलाई गतिशील बनाउने हो । अब यस पटकको चुनौतिलाई कसरी अर्को वर्ष सामना गर्ने, अब हामीसँग यहि मात्रै सोच छ । अरुसँग प्रतिष्पर्धा गर्नुभन्दा आफैसँग प्रतिष्पर्धा गर्नु कैयांै गुणा बढी जटिल हुँदोरहेछ । तथापि अहिलेसम्म यो चुनौतिलाई हामीले काँधमा वोकेर हिड्न सकेका छांै ।
नयाँ शैक्षिक सत्रका आकर्षण कस्तो छ ?
हाम्रो विद्यालयको एउटा नयाँ काम भनेको के हो भने हामी हरेक वर्ष भौतिकरुपमा सम्पन्न हँुदै गएका छांै । जसले गर्दा हरेक वर्ष विद्यार्थीको संख्या बढ्दै गएको छ । ज्ञानज्योति जतिसुकै उचाइमा पुगको संस्था भएपनि हामीले विद्यार्थी छनोटमा त्यति धेरै श्रम खर्चदैनांै । हरेक प्रकारका विद्यार्थीहरु हामीसँग सहकार्य गर्दै अगाडि बढिरहेका हुन्छन् । उच्च शैक्षिक उपलब्धी हासिल गरेका विद्यार्थीलाई हामीले सोही अनुसारको शैक्षिक योजना बनाउँछांै भने अन्य कमजोर विद््यार्थीका लागि पनि सोही खालको योजना बनाएका हुन्छांै । यो वर्ष पनि हामी सोही ढँगले अगाडि बढिरहेका छांै । हामीसँग अहिले ८ सयको हाराहारीमा विद्यार्थीहरु भर्ना भएका छन् । यो भनेको गतसाल भन्दा केही बढि संख्या हो । यस अर्थमा हामी हरेक वर्ष गुणस्तिरयताका दृष्टिले मात्रै होइल संख्याका दृष्टिले पनि अगाडि बढिरहेका छांै ।
विद्यालको सफलता के उच्च नतिजा मात्रै हो ?
अत्यन्तै सान्दर्भिक प्रश्न राख्नुभयो तपाईले । हो, नेपालको शैक्षिक प्रणालीमा अँक नै महत्वपूर्ण मानिन्छ । तर, तपाईले भनेजस्तै अंक मात्रै गुणस्तरियता मापनको आधार भने होइन । अंकसँगै विद्यार्थीले जीवनमा हासिल गरेको उपलब्धी पनि महत्वपूर्ण कुरा हो । यहाँबाट उच्च अंक ल्याएका विद्यार्थीहरुले एमविविएस, इञ्जिनियरिङ, विएस्सीएजी, विविए, सिए जस्ता महत्वपूर्ण कार्यक्रमहरुमा पूर्ण छात्रबृत्तीका लागि अध्ययन गरिरहेका छन्, भने कैयांै विद्यार्थीहरु अमेरिका, अष्ट्रेलियालगायतका मुलुकमा छात्रवृत्तीका साथमा अध्ययन गरिरहेका छन् । हामी कहाँबाट उत्कृष्टता हासिल गरेर अगाडि बढेका विद्यार्थीहरु कुनै न कुनै क्षेत्रमा बलियोसँग उभिएका छन् यो पनि हाम्रो सफलता हो । नतिजा मात्रै होइन उसको आगामी भविष्य पनि उज्यालो होस् भन्नका लागि हामी प्रयत्नशील मात्रै होइन क्रियाशिल पनि छौं । 
शिक्षा क्षेत्रमा अलि धेरै प्रतिष्पर्धा भयो नि है ?
तपाईँले भने जस्तै शिक्षा क्षेत्रमा निकै प्रतिष्पर्धा बढेर गएको छ । तर, यसले हामीलाई धेरै फाइदा नै भएको हामीले महसुस गरेका छांै । जति धेरै प्रतिष्पर्धा भयो त्यति धेरै काम गर्ने उत्साह र जाँगर बढेर आउँछ । ज्ञानज्योति सीमित उच्चमाविहरु हँुदा भन्दा धेरै उच्चमावि हुँदाको अवस्थामा बलियो ढँगले सञ्चालन भइरहेको छ । अरु भन्दा कसरी राम्रो गर्ने भन्ने कुरा प्रतिष्पर्धाबाट नै जन्मने हो । अझ एउटा संस्थाको जीवनमा प्रतिष्पर्धाले सधैँ क्रियाशील रहने उर्जा प्राप्त भइरहन्छ । सामान्य कमजोरीले पनि वर्षांैको लगानी क्षण भरमा शुन्य हुन सक्छ । यस कारण प्रतिष्पर्धासँग खेल्न निकै रमाइलो हुन्छ । तर, प्रतिष्पर्धाका नाममा अस्वस्थ खाले प्रतिष्पर्धाले भने सवै संस्थालाई घाटा पुग्न सक्छ । यसखाले खतराबाट भने सबै संस्थाहरु बेलैमा सचेत रहनु आवश्यक छ ।
अन्तमा 
सर्वप्रथम हाम्रो सफलताको खुसीलाई पत्रिकामार्फत् बाँड्ने अवसर दिनुभएकोमा तपाईलाई धेरै धन्यवाद । ज्ञानज्योति शिक्षाको क्षेत्रमा परम्परागत कुरालाई छाडेर नयाँ काम गर्नका लागि स्थापना भएको संस्था हो, यसकारणले गर्दा पनि हामीले यस क्षेत्रमा नयाँ नयाँ खालका कामहरु गरिरहेका छांै । अभिभावक, शिक्षाप्रेमी, विद्यार्थी र शिक्षाप्रेमीलगायतकाको सहयोग निरन्तर हामीले पाइरहने छांै भन्ने हामीले विश्वास लिएका छांै ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post