काठमाडौँ, असार २८ । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको पत्र पठाउँदै वर्तमान नेकपा९एमाले० नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको हो ।
एमालेसँग भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न वर्तमान सरकारले कार्यान्वयन गर्न तयार नभएको भन्दै सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जनाएको हो । वतर्मान सरकारबाट समर्थन फिर्ता लिइएको पत्रमा पूर्वसहमति कार्यान्वयन गर्न सरकार तयार नभएको हुँदा पार्टी अब यस सरकारमा सहभागी रहिरहन राजनीतिक रुपले उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट फिर्ता लिएको उल्लेख छ ।
माओवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाएको जानकारी समेत प्रधानमन्त्री ओलीलाई गराएको छ । पत्रमा अध्यक्ष दाहालले पार्टीको सो निर्णयबाट राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने विश्वास लिनुभएको छ ।
सत्ता साझेदार दुई दलबीच गत वैशाख २३ गते नौबुँदे सहमति भएको थियो । पत्रमा संविधान कार्यान्वयन गर्न, सङ्क्रमणकालीन न्याय लगायत शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न, तराई–मधेसमा भएको आन्दोलन एवम् थारू लगायत सबै आदिवासी, जनजाति र सरोकार भएकाहरुको माग सम्बोधन गर्न र भूकम्पपछिको पुनःनिर्माण गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेको पार्टीको धारणा रहेको जनाइएको छ ।
प्रचण्डले प्रधानमन्त्री ओलीलाई लेखेको पत्र
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली,
प्रधानमन्त्री कार्यालय,
सिंहदरबार, काठमाडौं ।
विषय: वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको बारे ।
सम्माननीय प्रधानमन्त्री
उपरोक्त सम्बन्धमा २०७२ साल जेठ १६ गते प्रमुख राजनीतिक दलहरुबीच सहमति भइ २०७२ असोज ३ गते संविधान निर्माण र घोषणाको ऐतिहासिक उपलब्धि हासिल भयो । तत्पश्चात संविधानको सर्वस्वीकार्यता र कार्यान्वयन गर्न, संक्रमणकालीन न्याय लगायत शान्ति प्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्न, तराई मधेसमा भएको आन्दोलन एवं थारु लगायत सबै आदिवासी जनजातीका सरोकारहरुको सम्बोधन गर्न, गत वर्ष गएको विनासकारी भूकम्पबाट प्रभावित जनतालाई राहत तथा पुनर्निर्माणका लागि मुलुकमा राष्ट्रिय सहमति आश्यक रहेको हाम्रो पार्टीको धारण रहँदै आएको छ ।
गत २०७३ बैशाख २३ गते ने.क.पा एमाले र हाम्रो पार्टीबीच भएको ९ बुँदे सहमतिको मूल मर्म पनि यही थियो । तर वर्तमान सरकारको नेतृत्वले नौं बुँदे सहमति र तीन बुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको हुँदा हाम्रो पार्टी अब यस सरकारमा रही रहन राजनीतिक रुपले उपयुक्त नभएकोले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं ।
साथै हाम्रा पार्टीका सबै मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाइएको जानकारी गराउँदछौं । हाम्रो यो निर्णयबाट राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौं ।
वि.सं २०७३ अषाढ २८ गते ।

पुष्प कमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष ने.क.पा (माओवादी केन्द्र